• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   यातायात सञ्जालसँग जोडियो म्यादीको निस्कोट ★   बोल्ड साम्राज्ञी – फोटोफिचर ★   अल्लु अर्जुन समस्यामा, ‘पुष्पा २’ अभिनेताविरुद्ध मुद्दा दर्ता ★   पन्तको अनुपस्थितिमा यी खेलाडीले आरसीबीविरुद्ध दिल्लीको कमाण्ड सम्हाल्नेछन् ★   नीति तथा कार्यक्रम प्रश्तुत गर्दा कुनै अवरोध हुँदैन: प्रधानमन्त्री दाहाल ★   बत्तीसपुतलीमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु, चार पक्राउ ★   नासाले मौसम अवलोकन र वातावरणीय अनुगमनका लागि नयाँ मिसन सुरु गर्ने ★   प्रिमियर लिगमा आज म्यान्चेस्टर युनाइटेड र आर्सनल भिड्दै ★   सर्लाहीमा आगलागीबाट १० महिनामा एक सय ६१ घर जले ★   नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ : प्रधानमन्त्री

पोखरा महानगर : गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै



स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् ।

जारी मतगणनामा १८ हजार १२० मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले सात हजार ४१४ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले छ हजार ५४५ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका आचार्यले ८६९ मतले अग्रता हासिल गर्नुभएको हो ।

उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट सात हजार ६३३ मतसहित अघि हुनुहुन्छ भने एमालेका मञ्जुदेवी गुरुङले सात हजार ४३८ मतसहित उहाँलाई पछ्याउनुभएको छ ।

महानगरको वडा नं १ मा एमाले, वडा नं २, ३, ४ र १२ मा कांग्रेस विजय भएको छ भने वडा नं २३ मा वडाध्यक्ष कांग्रेससहित तीन सदस्य एमालेबाट विजय भएका छन् । महानगरपालिकाको वडा नं ५, १३, २४, २५ र २६ मा मतगणना भइरहेको छ ।