• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

काठमाडौं महानगरपालिकाः बालेन ९६१४, स्थापित ५१५७



काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले ९६१४ मत प्राप्त गर्नुभएको छ ।

स्वतन्त्र उम्मेदवार साह ४४५७ मतले एमालेका मेयरका उम्मेदवार केशव स्थापितभन्दा अग्रस्थानमा हुनुहुन्छ ।

स्थापितले हालसम्म ५१५७ मत मात्रै प्राप्त गर्नुभएको छ । यता सत्तारुढ गठबन्धनकी उम्मेदवार सृजना सिंहलाई ४४७७ मत प्राप्त भएको छ । यता काठमाडौं महानगरपालिकाको उप-मेयरमा सुनिता डंगोलले हालसम्म ९४२१ मत प्राप्त गरेर अग्रस्थानमा हुनुहुन्छ ।