एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले हार ब्यहोरेको छ । गएराति भएको खेलमा आर्सनल न्युक्यासल युनाइटेडसँग २-० गोलले पराजित भएको हो ।
खेलको ५५ औं मिनेटमा आर्सनलका बेन ह्वाइटले आत्मघाती गोल गरेपछि न्युक्यासलले घरेलु मैदानमा सुरुवाती अग्रता बनाएको थियो । ८५ औं मिनेटमा ब्रुनो गिमारेजले गोल गर्दै न्युक्यासललाई जित दिलाए ।
पराजित भएसँगै आर्सनलले शीर्ष चारमा उक्लिने मौका गुमाएको छ । उसले अब अन्तिम खेलमा टोटेनहमको नतिजा कुनुपर्ने भएको छ । टोटेनहम पराजित भएमा र आर्सनलले खेल जितेमा मात्रै आर्सनल शीर्ष चारमा रहेर लिग सक्नेछ ।
३७ खेल खेलेको आर्सनल ६६ अंकसहित पाँचौं स्थानमा रहेको छ । समान खेल खेलेको टोटेनहम ६८ अंकसहित चौंथो स्थानमा रहेको छ ।
समान खेलबाट ४६ अंक जोडेको न्युक्यासल १२ औं स्थानमा छ ।