१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना

अरुण–४ आयोजना निर्माणका लागि प्राधिकरण र सतलजबीच समझदारीपत्रमा हस्ताक्षर

अरुण–४ आयोजना निर्माणका लागि प्राधिकरण र सतलजबीच समझदारीपत्रमा हस्ताक्षर
अ अ+ अ-

लुम्बिनीः नेपाल भारत सहयोगात्मक सम्बन्धको प्रतीकका रुपमा ४९० मेगावाट क्षमताको अरुण चौथो जलविद्युत आयोजना निर्माण हुने भएको छ । नेपाल विद्युत प्राधिकरण र भारतीय ऊर्जा उत्पादक संस्था(एसजेभिएन) ले उक्त आयोजनाको निर्माण गर्नेछन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीको नेतृत्वमा आज यहाँ भएको द्वीपक्षीय वार्तापछि उक्त आयोजना निर्माण गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । दुबै देशका प्रधानमन्त्री र प्रतिनिधिमण्डलका सदस्यहरुको उपस्थितिमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एसजेभिएन लि.का अध्यक्ष नन्दलाल शर्माले समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । साथै उहाँहरुले समझदारीपत्र आदानप्रदान पनि गर्नुभयो ।

आजैका मितिदेखि ९० दिनभित्र उक्त कम्पनीले पूर्व सम्भाव्यता अध्ययन प्रतिवेदन समीक्षाका निम्ति नेपाल सरकारसमक्ष प्रस्तुत गर्नेछ भने एक वर्षभित्रमा प्राधिकरण र उक्त कम्पनीबीच परियोजना निर्माणको सम्झौता हुनेछ । त्यसको छ महिनापछि आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार हुनेछ ।

त्यसैगरी प्रधानमन्त्रीद्वयको उपस्थितिमा अन्य पाँचवटा समझदारी पत्रमा पनि हस्ताक्षर भई दुईपक्षीय आदानप्रदान गरिएका छन् । भारतीय शैक्षिक एवं सांस्कृतिक प्रतिष्ठानले लुम्बिनी बौद्ध विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित एक–एकवटा तथा काठमाडौँ विश्वविद्यालयसँग तीनवटा समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।
लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आइसिसीआर), त्रिभुवन विश्वविद्यालय नेपाल तथा एशियाली अध्ययन केन्द्र (सिनास) र आइसिसीआर, काठमाडौँ विश्वविद्यालय र आइसिसीआर, सोही विश्वविद्यालय र चेन्नइस्थि भारतीय प्रविधि प्रतिष्ठानसँग अन्य दुईवटा सहमतिपत्रमा हस्ताक्षर भयो ।

ती सम्झौतापत्रहरुमा भारतीय पक्षबाट विदेश सचिव विनयमोहन क्वात्राले हस्ताक्षर गर्नुभएको थियो भने नेपालको तर्फबाट लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रा डा हृदयरत्न ब्रजाचार्य, काठमाडौँ विश्वविद्यालयका उपकूलपति प्रा भोला थापा र त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित सम्झौतामा त्रिभुवन विश्वविद्यालय नेपाल तथा एशियाली अध्ययन केन्द्र (सिनास) का कार्यकारी निर्देशक डा मृगेन्द्रबहादुर कार्कीले अलगअलग हस्ताक्षर गर्नुभएको थियो ।

यसैबीच दुबै देशका प्रधानमन्त्रीबीच आज मध्याह्न यहाँ भएको द्विपक्षीय वार्ता जलविद्युत् आयोजना निर्माण, नेपालको भौतिक पूर्वाधार विकास र सम्पर्क सञ्जाल विस्तारका विषयमा केन्द्रित भएको छ । दुई देशका प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीच हुने वार्तामा आपसी हित र चासोका समग्र पक्षमा विचारविमर्श हुनाका साथै व्यापार, पर्यटन, लगानी, जनस्तरको सम्पर्क एवं सम्बन्ध अभिवृद्धिबारे पनि छलफल भएको थियो ।

द्विपक्षीय वार्तामा शिक्षा तथा स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणका निम्ति विकास सहायता, व्यापार सहजीकरण, पारस्परिक हित, सहकार्य र साझेदारी प्रवद्र्धनलाई प्रमुख रुपमा उठाएको थियो । गत चैतमा भएको प्रधानमन्त्री देउवाको भारत भ्रमण र त्यस क्रममा भएका सहमति, तिनको समीक्षा एवं शीघ्र कार्यान्वयका निम्ति अवलम्बन गर्नुपर्ने उपायबारे विचार आदानप्रदान भएको थियो ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, नेपाल सरकारका मुख्यसचिव, परराष्ट्र सचिव, राजदूत शर्मालगायत रहनुहुनेछ भने प्रधानमन्त्री मोदी नेतृत्वको प्रमण्डलमा विदेश सचिव, विदेश मन्त्रालयका सहसचिवहरू र काठमाडौँस्थित भारतीय दूतावासका कार्यबाहक राजदूत नाम्ग्या खम्पा रहनु भएको थियो । रासस