• २५ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 7 2024
  •   Unicode
Logo
Latest
★   मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त ★   सुनको मूल्यमा दोस्रो दिन पनि नयाँ रेकर्ड, तोलाको कति पुग्यो? ★   एयरपोर्टमा कंगना रनावतमाथि हातपात ★   विद्यालय हाताभित्र राजनीतिक कार्यक्रम गर्न निषेध ★   लोकतन्त्र सुदृढ हुन ‘मोरल अथोरीटी’ को सम्मान गर्ने संस्कार आवश्यक: राष्ट्रपति ★   यार्सागुम्बा सङ्कलन: राज्यकोषमा एक करोड २५ लाख राजस्व ★   दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ: प्रधानमन्त्री दाहाल ★   डेलिभरी’मा सुधार गरेर प्रदेशलाई बलियो बनाउनुपर्छ: प्रधानमन्त्री ★   मधेशको मुख्यमन्त्रीमा जनमतका सतिश सिंहको दाबी पेस ★   ‘विकास पुरस्कार –२०८१’ बाट सांसद डा. दवेकोटा सम्मानित

गुल्मीको इश्मा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी



गुल्मी । गुल्मीको इश्मा गाउँपालिका अध्यक्षमा कांग्रेसका भगत सिंह खड्का र उपाध्यक्षमा पार्वती कुँवर विजयी भएका हुन् ।

कांग्रेस, माओवादी, एकीकृत समाजवादीको गठबन्धनका साझा उम्मेद्वार खड्काले नेकपा एमालेका हिराबहादुर अर्याललाई १ सय २५ मतले र उपाध्यक्षमा कुँवर ७ सय ८८ मतान्तरले विजयी भएका हुन् ।

खड्काले ५ हजार ५ सय ८९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका हिराबहादुर अर्यालले ५ हजार ४ सय ६४ मत ल्याए । त्यस्तै उपाध्यक्ष पदमा कुँवर ५ हजार ९ सय ९ मतका साथ विजयी हुँदा एमालेका तर्फबाट विमला खत्रीले ५ हजार १ सय २१ मत ल्याइन् ।

इश्माको ६ वडा मध्ये ४ वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ भने २ वटा वडा नेकपा एमालेले जितेको छ ।