• २५ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 7 2024
  •   Unicode
Logo
Latest
★   मुख्यमन्त्री सतिसकुमारद्वारा १४ सदस्यीय मन्त्रीपरिषद् गठन ★   बालेनलक्षित ओलीको कटाक्ष – भैँसीको ढाडमा बसेको झिंंगो चार लात हानेँ भनेर दंग परेजस्तै ★   रुपातालको किनारमा पक्की सडक निर्माण ★   मधेशको मुख्यमन्त्रीमा नियुक्त सतिशकुमारले लिए शपथ ★   रुख, पोल, मठमन्दिर, पार्क, रेष्टुरेन्टजस्ता ठाउँबाट रङ्गीचङ्गी बत्तीको प्रयोग हटाउन अध्ययन कार्यदलको शिफारिस ★   चरनमा आधारित बाख्रापालन व्यवसायबाट मनग्य आम्दानी ★   रविमाथि सम्भवको गम्भीर आरोपः सहकारी ठगीको समाचार रोक्न नमान्दा बुवालाई पक्राउ गराइयो ★   नौ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब ★   अमेरिकासँगको हारपछि शोएब अख्तरले भने – हामी जितको हकदार थिएनौँ ★   चामेमा जीर्ण काठेपुल हटाएर नयाँ बनाइँदै

आमचोक गाउँपालिकामा माओवादी केन्द्रको जित



भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका अशोक राई निर्वाचित हुनुभएको छ । राई तीन हजार ६८६ मतसहित विजयी हुनु भएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका वसन्त राईले तीन हजार २५८ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा पनि माओवादीकै सीता राई तीन हजार ५६१ मतसहित निर्वाचित बन्नुभ भएको छ । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ शेर्पाले तीन हजार २२४ मत प्राप्त गर्नुभएको छ ।

गाउँपालिकाको वडा नं १ को वडाध्यक्षमा कांग्रेसका निम्नुरी शेर्पा र वडा नं २ मा रामबहादुर खड्का विजयी हुनुभएको छ । वडा नं ३ मा एमालेका गोपाल राई र वडा नं ४ मा नेत्र खत्री विजयी बन्नुभएको छ । माओवादी केन्द्रबाट वडा नं ५ मा रामप्रसाद राई, वडा नं ६ मा बमबहादुर बस्नेत, वडा नं ७ मा नवीन राई, वडा नं ८ मा सन्तोष राई र वडा नं ९ मा रोशन मगर निर्वाचित हुनुभएको छ ।