१० असार २०८२, मंगलवार
,
Latest
जसपाले समर्थन फिर्ता लिँदैमा सरकारलाई असर पर्दैन : अध्यक्ष यादव तनहुँका स्थानीय तहद्वारा करिब रु आठ अर्बको बजेट प्रस्तुत ‘शिक्षाको अवस्था सुधार्न स्थानीयतहको पहलकदमी आवश्यक छ’ अध्यक्ष दाहाल र अध्यक्ष नेपालबीच भेटवार्ता ‘विद्यार्थीको सङ्ख्याका आधारमा आङ्गिक शिक्षालयले कार्यक्रम सञ्चालन गर्नुपर्ने’ आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा दुई अर्ब ९१ करोड राजस्व सङ्कलन हेटौँडा उपमहानगरपालिकाको बजेट दुई अर्ब ९० करोड वीरेन्द्रनगरद्वारा चार अर्ब ३८ करोड बजेट विनियोजन ‘भाषा, संस्कृति र स्वतन्त्रताको संरक्षण गर्नु सबै नेपालीको दायित्व हो’ भिजिट भिसा छानबिनमा वैरागी नेतृत्व अस्वीकार्य : रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविमाथि सम्भवको गम्भीर आरोपः सहकारी ठगीको समाचार रोक्न नमान्दा बुवालाई पक्राउ गराइयो



अ+ अ-

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले सहकारी ठगीसम्बन्धी समाचार रोक्न नमान्दा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बुवा कैलाश सिरोहियालाई पक्राउ गराएको आरोप लगाएका छन् ।

गृहमन्त्री लामिछानेले सहकारी घोटालाको समाचार लुकाउन आफूहरूलाई गरेको धेरैपटकको आग्रहलाई अस्वीकार गर्दा कान्तिपुर मिडिया ग्रुपका अध्यक्षसमेत रहेका सिरोहियालाई नागरिकता कसुरमा पक्राउ गरिएको दाबी गरेका हुन् ।

गत जेठ ८ गते सिरोहिया कान्तिपुरको थापाथलीस्थित कार्यालयबाटै पक्राउ परेका थिए । उनी धनुषा प्रहरीमा चार दिन, जनकपुरस्थित काब्या अस्पतालमा तीन दिन र मेडिसिटी अस्पताल ललितपुरमा २ दिन बसेर जेठ १६ गते रिहा भएका थिए ।

सम्भवले सहकारी घोटाला जनतामाझ ल्याउने क्रममा गृहमन्त्री लामिछानेले धेरै ‘रिक्वेस्ट’ गरेर समाचार लुकाइदिन भनेको पनि आरोप लगाएका छन् ।

‘हामीले कहिल्यै कान्तिपुरलाई व्यापारका रुपमा हेरेनौँ । माओवादी, एमाले, कांग्रेस, राप्रपा कुनै पनि दलका र भ्रष्टाचारविरुद्ध कान्तिपुरले जहिले पनि स्ट्यान्ड लिएको छ, लिइराख्ने छ,’ उनले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनि गर्दै भनेका छन्, ‘यसैगरी आज एउटा अर्को नयाँ दलको भ्रष्टाचार देखिँदा कान्तिपुरले लुकाउन सक्दैन । सत्यलाई जनतामाझ लिएर आउनुपर्छ । यसपाली गृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछानेको सहकारी घोटाला जनतामाझ ल्याउने क्रममा उहाँले धेरै ‘रिक्वेस्ट’ गर्नुभयो। समाचार लुकाइदिन र मिलाइदिन भन्नु भयो । उहाँले आफूले गरेको पत्रकारिता जस्तै सोच्नुभयो । सेटिङ गरेर समाचार बन्छ वा लुक्छ भन्ने सोच्नुभयो । उहाँलाई कति बुझाउन खोजियो व्यवस्थापनले समाचार लेख्दैन र कान्तिपुरमा सम्पादकीय समूह स्वतन्त्र छ । उहाँले यो कुरा बुझ्न सक्दै सक्नुभएन ।’

‘गृहमन्त्रीको ‘रिक्वेस्ट’मा कान्तिपुरले सेटिङ गरेन । अनि उहाँ तल्लोस्तरमा उत्रिनुभयो । पदको दुरुपयोग गरेर झुटो मुद्दामा कान्तिपुरका अध्यक्ष एवम् मेरो बुवा कैलाश सिरोहियालाई पक्राउनु भयो ।’ उनले भनेका छन् ।