• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

भरतपुर महानगरपालिका: विजय सुवेदीको अग्रता कायमै, रेनु दाहाललाई हालसम्म ४६६९ मत प्राप्त



चितवन । भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा (एमाले) ले अग्रता बनाएको छ ।

प्राप्त पछिल्लो मत परिणामअनुसार एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदीले ५८ मतले अग्रता कायम गरेका छन् । उनले ४७२७ मत पाएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार रेनु दाहालले ४६६९ मत प्राप्त गरेकी छन् ।

कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले एक हजार २११४ मत ल्याएका छन् । उपमेयर पदमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ५५५७ मतसहित अग्रता बनाएका छन् ।