५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

२२ वर्षमै गाउँपालिका अध्यक्ष



अ+ अ-

सर्लाहीको रामनगर गाउँपालिकामा अध्यक्ष पदमा सम्भवतः नेपालकै कान्छो उम्मेदवार रामबाबु यादव निर्वाचित भएका छन् ।

नेकपा (माओवादी केन्द्र) बाट अध्यक्षका उम्मेदवार यादव २२ वर्षको उमेरमा अध्यक्षमा निर्वाचित भएका हुन् । उनले चार हजार ८१ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिनन्दनप्रसाद यादवले दुई हजार ३९२ मत प्राप्त गरे ।

त्यसैगरी अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार केएस राहुल बर्माले एक हजार ७०७ मत प्राप्त गरे ।

रामनगर गाउँपालिकाको उपाध्यक्षमा समेत माओवादी केन्द्रले जित हात पारेको छ । माओवादी केन्द्रका उम्मेदवार गीता देवी तीन हजार ५२३ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी कोशिला साहले दुई हजार ६३७ मत प्राप्त गरीन ।

विसं २०७४ को स्थानीय तहको निर्वाचनमा यो गाउँपालिकामा नेपाली कांग्रेसका कृष्णप्रसाद बर्मा अध्यक्षमा निर्वाचित भएका थिए ।

हाल काठमाडौँमा बीबीएस अध्ययन गरिरहेका नवनिर्वाचित अध्यक्ष यादव पूर्वसांसद शिवपुजन राय यादवका छोरा हुन् ।