२२ मंसिर २०८२, सोमबार
,
Latest
ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र प्रधानमन्त्री कार्की भेट्न दुर्गा प्रसाईं सिंहदरबारमा देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ: गृहमन्त्री अर्याल अर्थमन्त्रीबाट निर्माणाधिन जालपादेवी केवलकारको अवलोकन सामान्य अंकले घट्यो नेप्से राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ अण्डाको मूल्य हालसम्मकै उच्च
तपाईं के खोज्दै हुनुहुन्छ ?

२२ वर्षमै गाउँपालिका अध्यक्ष



अ+ अ-

सर्लाहीको रामनगर गाउँपालिकामा अध्यक्ष पदमा सम्भवतः नेपालकै कान्छो उम्मेदवार रामबाबु यादव निर्वाचित भएका छन् ।

नेकपा (माओवादी केन्द्र) बाट अध्यक्षका उम्मेदवार यादव २२ वर्षको उमेरमा अध्यक्षमा निर्वाचित भएका हुन् । उनले चार हजार ८१ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिनन्दनप्रसाद यादवले दुई हजार ३९२ मत प्राप्त गरे ।

त्यसैगरी अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार केएस राहुल बर्माले एक हजार ७०७ मत प्राप्त गरे ।

रामनगर गाउँपालिकाको उपाध्यक्षमा समेत माओवादी केन्द्रले जित हात पारेको छ । माओवादी केन्द्रका उम्मेदवार गीता देवी तीन हजार ५२३ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी कोशिला साहले दुई हजार ६३७ मत प्राप्त गरीन ।

विसं २०७४ को स्थानीय तहको निर्वाचनमा यो गाउँपालिकामा नेपाली कांग्रेसका कृष्णप्रसाद बर्मा अध्यक्षमा निर्वाचित भएका थिए ।

हाल काठमाडौँमा बीबीएस अध्ययन गरिरहेका नवनिर्वाचित अध्यक्ष यादव पूर्वसांसद शिवपुजन राय यादवका छोरा हुन् ।