• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

काठमाडौं महानगरपालीका: बालेन ७०८९, स्थापित ३७४६



काठमाडौं । काठमाडौं महानगरपालीकाको प्रमुखको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले ७०८९ मत प्राप्त गर्नु भएको छ ।

एमालेका मेयरका उम्मेदवार केशव स्थापितले ३७४६ र सत्तारुढ गठबन्धनकी उम्मेदवार सृजना सिंहलाई ३३०० मत प्राप्त भएको छ ।

त्यसैगरी उपमेयरमा एमालेकी सुनिता डंगोलले ६३४६ मत ल्याई अग्रता कायम गर्नु भएको छ ।

सत्तारुढ गठबन्धनका उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले १६९० मत ल्याउनु भएको छ । त्यसैगरी राप्रपाकी उपमेयरका उम्मेदवार विनिता मगैयाले १३४५ मत प्राप्त गर्नु भएको छ ।