२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रख्याति र पर्यटन विकासमा लुम्बिनीको महत्व: अध्यक्ष ओली



file photo
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, ख्याति र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व रहेको बताउनुभएको छ । २५६६औँ बुद्ध जन्मजयन्तीको अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले विश्व शान्ति, मानव कल्याण र अहिंसाका प्रणेता गौतम बुद्धप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ ।

“हामीले आकर्षक पूर्वाधार विकासको माध्यमबाट संसारभरिका बुद्धमार्गीसँगै पर्यटकको आकर्षणको केन्द्रका रुपमा लुम्बिनीको विकासमा उच्च महत्व दिएका छौँ,” उहाँले सन्देशमा भन्नुभएको छ, “फलस्वरुप आज बुद्धको जन्मस्थललाई सिधै अन्तर्राष्ट्रिय हवाई सम्पर्कमा लैजान सफल भएका छौँ ।”

उहाँले सयुक्त राष्ट्र सङ्घको संलग्नतामा तर्जुमा गरिएको लुम्बिनी विकास गुरुयोजनाको कार्यान्वयन भइरहेको जानकारीसमेत गराउनुभएको छ । लुम्बिनी विश्व शान्ति सहरको परिकल्पनालाई साकार रुप दिन एमाले नेतृत्वको सरकारले सार्थक प्रयास गरेको उल्लेख गर्दै उहाँले लुम्बिनीमा पाँच हजार ध्यानीहरुले एकै पटक ध्यान गर्न सक्ने क्षमताको हल आफूहरुले निर्माण गरेको दावी गर्नुभएको छ ।

अध्यक्ष ओलीले लुम्बिनी सिद्धार्थ गौतम बुद्धको जन्मस्थल हुनुका साथै बुद्ध दर्शनको उद्गमस्थल रहेको जनाउनुभएको छ ।