• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   ‘कुल ब्वाइ’ अब चलचित्रका अभिनेता, ‘होस्टेल ३’मा अनुबन्धित ★   भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन: धनराज गुरुङ (अन्तरवार्ता) ★   प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ महाअधिवेशन उद्घाटन ★   नेफेजद्वारा डढेलो नियन्त्रण र तत्काल राहत वितरण गर्न आग्रह ★   सुनको मूल्य तोलामा रु एक हजार एक सयले घट्यो ★   रास्वपा सचिवालयको बैठकमा आज के हुँदैछ ? ★   खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर ★   ‘प्रेस स्वतन्त्रताबिना उन्नत लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन’ ★   ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’ ★   राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

दाङको बङ्गलाचुली गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका पुन विजयी



दाङ । दाङको बङ्गलाचुली गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका तुलसीराम पुन पाँच हजार ७४९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका भेषराज खत्रीले तीन हजार ३७८ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा गठबन्धबाट नेपाली कांग्रेका भक्तबहादुर जिसीले पाँच हजार ९४४ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का सरस्वतीकुमारी घर्तीले तीन हजार २६५ मत प्राप्त गर्नुभएको थियो ।

आठ वडा रहेको बङ्गलाचुलीमा नेपाली कांग्रेसले चार र माओवादी केन्द्रले चार वडा यसअघि जितिसकेका छन् । कूल पन्ध्र हजार ९५३ मतदाता रहेको सो गाउँपालिकामा दश हजार ७३३ मत खसेको थियो ।