१९ मंसिर २०८२, शुक्रबार
,
Latest
भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा कांग्रेस विजयी



अ+ अ-

खलङ्गा । जुम्लाको कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका दामोदरप्रसाद आचार्यले दुई हजार ८०६ प्राप्त गरेर विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का धनबहादुर रावतले दुई हजार ५६२ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी प्रेमकली बुढा विजयी हुनुभएको छ ।

उहाँको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी रीता खत्री पराजय हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँका आठस्थानीय तहमध्ये सबैभन्दा पहिलो मतगणना कनकासुन्दरीको भएको हो । स्थानीय तह २०७४ को निर्वाचनमा पनि उक्त पालिकामा कांग्रेस विजयी भएको थियो ।