• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

चट्याङ लागेर एकको मृत्यु



झापा । चट्याङ लागेर हल्दिबारी गाउँपालिकाको एक युवाको मृत्यु भएको छ ।

आइतबार राति अविरल वर्षासँगै परेको चट्याङ लागेर हल्दिबारी गाउँपालिका–२ राइटोल निवासी २६ वर्षीय युवा भेना हास्दाको मृत्यु भएको हो ।

उहाँलाई राति घरबाट शौचालय जान बाहिर निस्किएको अवस्थामा चट्याङ लागेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले बताउनुभयो ।