७ पुष २०८२, सोमबार
,
Latest
एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वखोलामा एमाले विजयी



अ+ अ-

पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । सो पालिका अध्यक्षमा नुनबहादुर थापा, उपाध्यक्ष भागीरथी भट्टराईसहित सबै वडामा एमालेले विजयी हासिल गरेको छ ।

एमाले अध्यक्षका उम्मेदवार थापाले छ हजार ३९ मत ल्याई विजयी भएका छन् भने उनको प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) उम्मेदवार मीनप्रसाद गिरीले एक हजार २५७ मत पाएका छन् । नवनिर्वाचित थापाले गिरीलाई चार हजार ७८२ मतान्तरले पराजित गरेका छन् ।

उपाध्यक्षमा एमालेकै भागीरथी भट्टराईले पाँच हजार ८९४ मतसहित विजयी हासिल गरकी छन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेसका उम्मेदवार विष्णुकुमारी आचार्यले दुई हजार २५० मत पाइन् ।

पालिकाका छवटै वडा र सबै सदस्यमा पनि एमालेले जित हात पारेको छ । वडा नम्बर १ मा गिरिमान आले, २ मा निरबहादुर सारु, ३ मा कृष्णप्रसाद भट्टराई, ४ मा मेहरसिंह थापा, ५ मा विष्णुकुमार पल्ली र ६ मा धनबहादुर घर्ती विजयी भएका हुन् । यहाँ २०७४ को निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षसहित सबै सदस्य एमालेले जित हासिल गरेको थियो ।