४ भाद्र २०८३, बिहीबार
,
Latest
कर्णालीको विकासका लागि साझा प्रतिबद्धता आवश्यक : प्रदेश प्रमुख जोशी ग्यास सिलिण्डरमा स्थायी ट्रयाकिङ प्रणाली लागू गर्नुपर्नेमा जोड ग्यासको कृत्रिम अभाव रोक्न प्रभावकारी अनुगमन गर्न सांसदहरूको माग गुल्मीमा मदन भण्डारी राजमार्गका प्रभावित घरधनीलाई १० करोडभन्दा बढी क्षतिपूर्ति वैदेशिक सहायता राष्ट्रिय प्राथमिकता र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन वैदेशिक सहायता घट्दैछ, निजी पुँजी परिचालन गर्नेतर्फ जाँदैछौँः अर्थमन्त्री डा. वाग्ले एक वर्षभित्र बागमतीमा स्वच्छ पानी बगाउने गरी ढल व्यवस्थापन गरिँदै एलपीजी ग्यासको व्यवस्थापनमा डिजिटल ट्रयाकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन तनहुँकाे नारेश्वर तालमा पानी भरिन थाल्यो, कृषि र पर्यटन विकासको आधार बन्दै वैदेशिक सहायता शोधभर्ना नहुँदा राज्यकोषमा दबाब परेको रास्वपा सांसद पराजुलीको भनाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्टहामसँग म्यान्चेस्टर सिटीले अंक बाँड्यो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शीर्ष स्थानको म्यान्चेस्टर सिटीले बराबरी खेलेको छ ।

आइतबार राति भएको खेलमा सिटीले वेस्टहाम युनाइटेडसँग २-२ गोलको बराबरी खेलेको हो ।

वेस्टहामले पहिलो हाफमा २-० को अग्रता बनाएको थियो । वेस्टहामका लागि दुबै गोल जारोर्ड बोएनले गरे । उनले २४ औं र ४५ औं मिनेटमा गोल गरेका हुन् ।

दोस्रो हाफको ४९ औं मिनेटमा सिटीका ज्याक ग्रिलिसले गोल गरे । ६९ औं मिनेटमा वेस्टहामका भ्लादिमिर कोउफुलले आत्मघाती गोल गरेपछि सिटी बराबरीमा आएको हो ।

८६ औं मिनेटमा सिटीका रियाद माहरेजले पेनाल्टी मिस गर्न पुगे । सिटीलाई जितको सुनौलो मौका उनले खेर फाले । बराबरीसँगै ३७ खेलबाट सिटीको ९० अंक छ । एक खेल कम खेलेको लिभरपुल ८६ अंकसहित दोस्रो स्थानमा रहेको छ भने वेस्टहाम ५६ अंकसहित सातौं स्थानमा छ ।