२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग (भिडियोसहित)



अ+ अ-

काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारसँग माग गर्दै संयुक्त विद्यार्थी संगठनले आईतबार काठमाडौंमा विरोध प्रर्दशन गरेको छ ।

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्यवृद्धि गरेलगत्तै सो संगठनले नेपाल आयल निगमको केन्द्रिय कार्यालय टेकूमा पुगेर अविलम्व खारेज गर्न सरकारसँग माग गर्दै विरोध प्रर्दशन गरेको हो ।

जनताको जीवननै धान्न नसक्ने गरी सरकारले मूल्यवृद्धि गरेकाले तत्काल खोरेज गर्न माग गर्दै विरोध प्रर्दशन गर्नु परेको मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले बताउनु भयो । उहाँले सो मूल्यवृद्धि तत्काल खारेज नभए जन आन्दोलनको आँधिबेहरी सृजना गरी वर्तमान सरकारनै ध्वस्त पारिदिने चेतावनी समेत दिनु भयो ।

विरोध प्रर्दशनमा उत्रिएकाहरुले ‘जनता मार्न पाईदैन, मूल्यवृद्धि चाहिँदैन,’ ‘मूल्यवृद्धि तत्काल खारेज गर’ भन्दै सरकारविरुद्ध चर्का नाराबाजी लगाएका थिए । नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएपछि त्यसको चौतर्फी विरोध भईरहेको छ ।