३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिथिला नगरपालिका: महेन्द्र महतो ६६०, राजा राम महतो ६५९



अ+ अ-

धनुषा । मधेश प्रदेशको धनुषा जिल्लाको मिथिला नगरपालिकामा मेयर पदका उम्मेदवार महेन्द्र महतो (नेपाली काँग्रेस) र राजा राम महतो (नेकपा एमाले) बिचको प्रतिस्पर्धा निकै रोचक बन्दै गएको छ ।

पछिल्लो अपडेट अनुसार महेन्द्र महतो (नेपाली काँग्रेस) ले ६६० मत प्राप्त गरेका छन् भने राजा राम महतो (नेकपा एमाले) ले पनि ६५९ मत प्राप्त गरेका छन् । महेन्द्र महतो (नेपाली काँग्रेस) जम्मा एक मतले अगाडि रहेका छन् ।

त्यसैगरी मिथिला नगरपालिकाका उप-मेयर पदमा पनि नेपाली काँग्रेसतर्फका उम्मेदवार निर्मला कोईराला ७२३ मत पाएर अग्रस्थानमा छन् भने नेकपा एमालेतर्फका अर्का उप-मेयर पदका प्रतिस्पर्धी उम्मेदवार सुनिता सिंंह बुडाथोकीले हालसम्म् जम्मा ६४४ मत प्राप्त गरेकी छिन् ।

निर्वाचन आयोग नेपालका अनुसार मिथिला नगरपालिकामा २९ हजार ७ सय ९५ योग्य मतदाता रहेका छन् ।