• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा माओवादी विजयी



काठमाडौं । दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका छवि सुवेदी विजयी हुनु भएको छ । सुवेदी ३२०० मत प्राप्त गर्दे बिजयी हुनु भएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भले बुढामगरले २५४४ मत प्राप्त गर्नुभयो । यसैगरी उपाध्यक्षमा एकीकृत समाजवादीका गंगबहादुर शाही २८४३ मत सहित विजयी हुनु भएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी अमृता सिंहले २४०५ मत प्राप्त गर्नुभएको छ । नौमुलेमा माओवादी र एकीकृत समाजवादीको गठबन्धन थियो ।