५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरको तीन नगरमा कांग्रेस र एकमा नेमकिपाको अग्रता



Nepali Congress
अ+ अ-

भक्तपुरः भक्तपुरको चार नगरपालिकामध्ये तीन नगरमा नेपाली कांग्रेस र एक नगरमा नेपाल मजदूर किसान पार्टीले अग्रता लिएका छन् ।

नेकपा एमाले विजयी हासिल गर्दै आएको सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमिमा नेपाली कांग्रेसले र भक्तपुर नगरमा नेमकिपाले अग्रता लिएको हो । राति १ बजेदेखि मतगणना सुरु गरिएको सूर्यविनायक नगरको वडा नं १ सिरुटारको मतगणनामा नगर प्रमुखमा कांग्रेसका निशान ढुङ्गेलले ४६३ मत ल्याउँदा एमालेका उम्मेदवार वासुदेव थापाले ४२८ मत प्राप्त गर्नुभएको छ ।

यस्तै सूर्यविनायकको उपप्रमुखमा एमालेको उम्मेदवार सरिता भट्टराईले ४३२ मत ल्याएर अग्रता कायम गर्नुभएको छ भने गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का श्यामसुन्दर बस्नेत २२६ मतसहित प्रतिस्पर्धामा हुनुहुन्छ । वडाध्यक्षमा एमाले ३९०, कांग्रेसले २७० र राप्रपाले ३०६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी चाँगुनारायणमा धेरै विवादकाबीच बिहान ११ः३० बजेबाट वडा नं १ र २ बाट सुरु भएको मत गणनाअनुसार नेपाली कांग्रेसले सुरुदेखिनै अग्रता लिएको छ । चाँगुनारायण नगरको पछिल्लो मतगणना अनुसार नगर प्रमुखमा नेपाली कांग्रेसका जीवन खत्रीले १२९ मत प्राप्त गर्दा एमालेका वीणा बाँस्तोलाको १२० मत ल्याउनु भएको छ ।

त्यस्तै उपप्रमुखमा एमालेका रमेश बुढाथोकीको १२९ मत आउँदा कांग्रेसका सुभद्रा काफ्लको ११४ मत प्राप्त गर्नुभएको छ । वडाध्यक्षतर्फ दुबै वडामा एमालेले अग्रता लिएको जनाइएको छ । निर्वाचन अधिकृतको व्यवस्थापनको कमजोरीका कारण हिजोनै मतगणना सुरु गर्ने भनिए पनि आज ढिलो गरी मतगणना सुरु भएको बताइएको छ ।

यस्तै मध्यपुरथिमि नगरको प्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठले एक हजार १४० ल्याउँदा एमालेका मदनसुन्दर श्रेष्ठले ८२२ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा एमालेका उत्तरा नेपालले ९५७ मत ल्याउँदा गठबन्धन तर्फ नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले ७६४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

वडाध्यक्षतर्फ वडा नं १ का नेपाली कांग्रेसको १ हजार ७५ मत र एमालेको ८२६ मत प्राप्त गर्नुभएको छ । यी तीनवटै नगरपालिकामा नेपाली कांग्रेस र एमालेको प्रतिस्पर्धा भइरहेको छ भने मतगणना जारी रहेको जनाइएको छ ।

त्यस्तै नेमकिपाको पक्कड मानिएको भक्तपुर नगरमा भने एकै पटक तीन वटा वडाबाट मतगणना सुरु भएको छ । जसमा नगर प्रमुखमा नेमकिपाको सुनिल प्रजापति दुई हजार १५ मत, एमालेका रवीन्द्र लाछिमस्युले १५९ मत तथा उपप्रमुखमा नेमकिपाको रजनी जोशीले दुई हजार १७ मत र एमालेको रञ्जना खर्बुजाले १५७ मत प्राप्त गर्नुभएको छ ।

भक्तपुरको चारवटै स्थानीय तहमा मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो । रासस