• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध ★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’

भक्तपुरको तीन नगरमा कांग्रेस र एकमा नेमकिपाको अग्रता



Nepali Congress

भक्तपुरः भक्तपुरको चार नगरपालिकामध्ये तीन नगरमा नेपाली कांग्रेस र एक नगरमा नेपाल मजदूर किसान पार्टीले अग्रता लिएका छन् ।

नेकपा एमाले विजयी हासिल गर्दै आएको सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमिमा नेपाली कांग्रेसले र भक्तपुर नगरमा नेमकिपाले अग्रता लिएको हो । राति १ बजेदेखि मतगणना सुरु गरिएको सूर्यविनायक नगरको वडा नं १ सिरुटारको मतगणनामा नगर प्रमुखमा कांग्रेसका निशान ढुङ्गेलले ४६३ मत ल्याउँदा एमालेका उम्मेदवार वासुदेव थापाले ४२८ मत प्राप्त गर्नुभएको छ ।

यस्तै सूर्यविनायकको उपप्रमुखमा एमालेको उम्मेदवार सरिता भट्टराईले ४३२ मत ल्याएर अग्रता कायम गर्नुभएको छ भने गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का श्यामसुन्दर बस्नेत २२६ मतसहित प्रतिस्पर्धामा हुनुहुन्छ । वडाध्यक्षमा एमाले ३९०, कांग्रेसले २७० र राप्रपाले ३०६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी चाँगुनारायणमा धेरै विवादकाबीच बिहान ११ः३० बजेबाट वडा नं १ र २ बाट सुरु भएको मत गणनाअनुसार नेपाली कांग्रेसले सुरुदेखिनै अग्रता लिएको छ । चाँगुनारायण नगरको पछिल्लो मतगणना अनुसार नगर प्रमुखमा नेपाली कांग्रेसका जीवन खत्रीले १२९ मत प्राप्त गर्दा एमालेका वीणा बाँस्तोलाको १२० मत ल्याउनु भएको छ ।

त्यस्तै उपप्रमुखमा एमालेका रमेश बुढाथोकीको १२९ मत आउँदा कांग्रेसका सुभद्रा काफ्लको ११४ मत प्राप्त गर्नुभएको छ । वडाध्यक्षतर्फ दुबै वडामा एमालेले अग्रता लिएको जनाइएको छ । निर्वाचन अधिकृतको व्यवस्थापनको कमजोरीका कारण हिजोनै मतगणना सुरु गर्ने भनिए पनि आज ढिलो गरी मतगणना सुरु भएको बताइएको छ ।

यस्तै मध्यपुरथिमि नगरको प्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठले एक हजार १४० ल्याउँदा एमालेका मदनसुन्दर श्रेष्ठले ८२२ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा एमालेका उत्तरा नेपालले ९५७ मत ल्याउँदा गठबन्धन तर्फ नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले ७६४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

वडाध्यक्षतर्फ वडा नं १ का नेपाली कांग्रेसको १ हजार ७५ मत र एमालेको ८२६ मत प्राप्त गर्नुभएको छ । यी तीनवटै नगरपालिकामा नेपाली कांग्रेस र एमालेको प्रतिस्पर्धा भइरहेको छ भने मतगणना जारी रहेको जनाइएको छ ।

त्यस्तै नेमकिपाको पक्कड मानिएको भक्तपुर नगरमा भने एकै पटक तीन वटा वडाबाट मतगणना सुरु भएको छ । जसमा नगर प्रमुखमा नेमकिपाको सुनिल प्रजापति दुई हजार १५ मत, एमालेका रवीन्द्र लाछिमस्युले १५९ मत तथा उपप्रमुखमा नेमकिपाको रजनी जोशीले दुई हजार १७ मत र एमालेको रञ्जना खर्बुजाले १५७ मत प्राप्त गर्नुभएको छ ।

भक्तपुरको चारवटै स्थानीय तहमा मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो । रासस