• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo
Latest
★   इलाम उपनिर्वाचनः राप्रपाका लक्ष्मी गुरुङले गरे मतदान ★   इलाम–२ मा डम्बर खड्काले गरे मतदान ★   इलाम उपनिर्वाचनः सुहाङ र मिलनले गरे मतदान ★   इलाममा १९ र बझाङमा १२ जना उम्मेदवारबीच प्रतिस्पर्धा ★   ५२३ रन र ४२ छक्का, कोलकाता र पञ्जाबबीचको खेलमा छक्काको वर्षा, बन्यो यस्तो रेकर्डहरु ★   बाल मन्दिरको जग्गा बृहस्पति विद्या सदनलाई भाडामा दिने सम्झौता खारेज ★   प्रिमियर कपबाट सबै निराश रहे पनि त्यसलाई भुलेर भविष्यतर्फ केन्द्रित छौंँ – कप्तान रोहित ★   विश्वासको मत लिनु नपर्ने मुख्यमन्त्रीको कार्कीको अडान ★   नेपालले वेस्ट इन्डिज ‘ए’ सँग प्रतिस्पर्धा गर्दै ★   पञ्जाबले आईपीएल इतिहासमै सबैभन्दा ठूलो लक्ष्य पछ्यायो, २६२ रनको लक्ष्य भेट्टायो

मनाङको नासो गाउँपालिका अध्यक्षमा कांग्रेसका धनबहादुर गुरुङ बिजयी



मनाङ । हिमाली जिल्ला मनाङको नासों गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धनबहादुर गुरुङ विजयी हुनुभएको छ । उहाँले ८२० मत प्राप्त गर्नु भएको निर्वाचन कार्यालयले जनाएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मनबहादुर गुरुङले ६४६ मत ल्याउनु भएको छ ।

उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका वेदबहादुर गुरुङ विजयी हुनु भएको छ । उहाँले ९१३ मत प्राप्त गर्नु भएको छ । उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार अर्भिन गुरुङले ४९६ मत ल्याउनु भएको थियो ।

यो सहित मनाङ जिल्लाका सबै चार वटा स्थानीय तहको नतिजा प्राप्त भएको छ । यहाँबाट कांग्रेस र एमालेले २(२ पालिकामा अध्यक्ष जितेका छन् ।