• २२ जेष्ठ २०८१, मंगलवार
  •      Tue Jun 4 2024
  •   Unicode
Logo
Latest
★   ‘होस्टेल ३’को प्रमुख भूमिकामा रिहान, पदम र सिम्रनको प्रवेश ★   पाईलटलाई कारबाही प्रकरणः महानिर्देशक अधिकारीको मनमौजी निर्णय ★   खेलकुद मन्त्रालयको अनुरोधः सबै स्थानीय तहको सार्वजनिक स्थलमा विश्वकप क्रिकेट देखाउनु ★   गणतन्त्ररुपी गाडीको तेल सकिसक्यो, गन्तव्यमा पुग्दैन: सांसद पाण्डे ★   नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर संसद पुगे रास्वपाका सांसद ★   काठमाडौंका मेयर बालेन्द्र साहले संयमता गुमाउँदै गएको एमालेको आरोप ★   १३ वर्षअघि ‘पञ्चायत ३’ का ‘प्रह्लाद चा’ले धर्मको मान्यता तोड्दै विवाह गरेका थिए ★   जलवायु परिवर्तनले गर्भवती महिला र बालबालिकाहरुमा बढी असर परेको छ: उपसभामुख राना ★   आईसीसीले घोषणा गर्यो विश्वकपको पुरस्कार राशी, कुनै टिम खाली हात नफर्किने ★   संविधान संशोधनका लागि राष्ट्रिय सरकार बनाऔँ: सांसद गौतम

मोरङको कानेपोखरी र उर्लाबारीमा एमालेका अध्यक्ष र उपाध्यक्षको अग्रता



विराटनगरः मोरङका १७ वटा स्थानीय तहमध्ये कानेपोखरी गाउँपालिकाको मतगणना सुरु भएको छ । सर्वदलीय बैठकले वडा नम्बर ७ बाट गणना सुरु गर्ने सहमति गरेको हो ।

कानेपोखरीमा ३४ हजार ४५ मतदाता मध्ये ६६ प्रतिशत अर्थात २२ हजार ७३१ मत खसेको निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिए । मतगणना सुरु हुनु अघि बसेको सर्वदलीय बैठकले हरेक १०० मत गन्दा मत परिणाम सार्वजनिक गर्ने निर्णय गरेको जनाइएको छ ।

प्राप्त मतगणना विवरण अनुसार कानेपोखरीमा ८०० मत गनिसक्दा एमालेका उम्मेदवारहरुको अग्रता देखिएको छ । अध्यक्षमा एमालेकी राजमति इङ्नामको ३०१ र उपाध्यक्षमा भोला अधिकारीले ३१८ मत प्राप्त गरेका हुन् ।

नेपाली कांग्रेसका उम्मेदवारतर्फ अध्यक्षमा १८४, उपाध्यक्षमा २२८ तथा नेकपा माओवादी केन्द्रबाट अध्यक्षतर्फ १२९, उपाध्यक्षमा २३८ मत प्राप्त भएको छ ।

यस्तै उर्लाबारी नगरपालिकामा पनि एमालेले अग्रता लिएको छ ।

ग्रामथान र मिक्लाजुङ गाउँपालिकामा भने नेपाली कांग्रेसले अग्रता लिएको छ ।

प्रारम्भिक मतपरिणाम अनुसार ग्रामथानको अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारुले ८७ र एमालेका शिवनारायण माझी थारुले ५४ मत ल्याएका छन् । उपाध्यक्षमा कांग्रेसकी भुखनीकुमारी थारुले ६८ र एमालेकी गुणवतीदेवी थारुले ६४ मत ल्याएका छन् ।

मिक्लाजुङको अध्यक्षमा कांग्रेसका बबिकुमार राईले १०५ र एमालेका नरेन्द्रप्रसाद ढुंगेलले ७९ मत ल्याएका छन् । उपाध्यक्षमा माओवादीका दिनेश पौडेलले ७२ र एमालेकी निर्मला राईले २४ मत ल्याएका छन् ।