१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुन पार्टीले कति स्थानीय तहमा लिए अग्रता ?



अ+ अ-

काठमाडौंः शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचन परिणाम र रुझान प्राप्त हुन थालेका छन् । महानगरपालिकाहरुमा मतगणना शुरु नभइसकेको भए पनि अन्य स्थानका नगरपालिका र गाउँपालिकाहरुमा मतगणना जारी छन् ।

पछिल्ला विवरणहरुले नेकपा एमाले र नेपाली कांग्रेसबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । र तेस्रो स्थानमा नेकपा (माओवादी केन्द्र) छ । नेकपा (एकीकृत समाजवादी) र अन्य दलको उपस्थिति नगण्य छ ।

प्राप्त विवरण अनुसार, बिहान ८.३० बजेसम्म नेपाली कांग्रेसले ३९ स्थानीय तहका मेयर र अध्यक्षमा अग्रता लिएको छ । दोस्रो स्थानमा नेकपा एमाले रहेको छ । एमालेले २१ स्थानमा अग्रता लिएको छ ।

तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ । उसले १७ स्थानमा अग्रता लिएको छ ।

एकीकृत समाजवादी, जसपा र अन्यले २-२ स्थानीय तहमा अग्रता लिएका छन् ।

उपप्रमुख र उपाध्यक्ष मध्येमा अग्रता लिनेमा पनि कांग्रेस नै अगाडि छ । कांग्रेसले ३४, माओवादी केन्द्रले १४, एमालेले १३, जसपाले ४ स्थानीय तहका उपप्रमुख र उपाध्यक्षमा अग्रता लिएका छन् । एकीकृत समाजवादी र अन्यले २-२ स्थानमा अग्रता लिएका छन् ।

हालसम्म नेकपा एमालेले २ र नेपाली कांग्रेसले १ स्थानमा विजय हासिल गरेका छन् ।