• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

बुटवल उपमहानगरः कांग्रेसको सुरुआती अग्रता, एमाले तेस्रो स्थानमा



बुटवलः बुटवल उपमहानगरपालिकामा प्रारम्भिक ३०० मत गणना हुँदा प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।

पछिल्लो विवरण अनुसार, प्रमुखमा नेपाली कांग्रेसका खेलराज पाण्डेयले १३० मत ल्याएर अग्रता बनाएका छन् ।

दोस्रो स्थानमा भने राप्रपाका मृगेन्द्रकुमार शेरचनले ६६ मत ल्याएका छन् । एमालेको गढ मानिएको बुटबलमा एमाले तेस्रो स्थानमा पुगेको छ । एमालेका बाबुराम भट्टराईले ४५ मत पाएका छन् ।

अहिले वडा नम्बर १ बाट मतगणना भइरहेको छ ।