२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नुवाकोटको म्यागङ–१ मा कांग्रेसको प्यानल विजयी



अ+ अ-

नुवाकोट । नुवाकोटको म्यागङ गाँउपालिका वडा नं १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । यही वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा अन्तर्गत सो वडा को वडाध्यक्ष पदमा जिमाबहादुर तामाङ ९४ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतले सूर्यदर्शन पण्डितले जानकारी दिनुभयो ।

उहाँका अनुसार नवनिर्वाचित तामाङको निकटतम् प्रतिस्पर्धी नेकपा ९माओवादी केन्द्र०का अनिलकुमार घलेले ६९ मत प्राप्त गर्नुभएको छ । वडाध्यक्षसहित महिला सदस्य, दलित महिला सदस्य र दुई खुला सदस्य गरेर वडाको पाँच जना पदाधिकारी नै कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

उक्त वडाबाट गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवारलाई ९३ , माओवादीका उम्मेदवारलाई ६९, नेकपा ९एमाले०को उम्मेदवारलाई ३७ मत प्राप्त भएको थियो । अहिले सोही गाउँपालिकाको वडा नं २ को मतगणना जारी छ । रासस