२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताहरुमा बालेन शाहको अन्तिम अपिल



अ+ अ-

काठमाडौं । स्थानीय तह निर्वाचन सुरु भएको छ । मतदान कार्य बिहान ७ बजेदेखि सुरु भएको हो । काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेदवार बालेन शाहले सबैमा शुभकामना व्यक्त गर्दै आज अन्तिम दिन जनताहरुमाझ भोट अपिल गरेका छन् ।

उनले मतदान अति नै आवश्यक र महत्वपुर्ण हुने भएकाले सबै मतदाता जसरी पनि मतदान गर्न मतदान केन्द्रमा आइदिन अनुरोध गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो आधिकारिक पेज मार्फत सो अनुरोध गरेका हुन् । त्यस्तै उनले मतपेटिकामा मतहरु मात्रै खस्ने नभई त्यहाँ जनताहरुका सपनाहरु पनि खस्ने बताएका छन् ।

त्यसैगरी उनी भन्छन् हामी लामबद्ध भएर घामपानी सहदै कसैलाई जिताउन र कसैलाई हराउन मतदान केन्द्र पुग्ने हौइनौँ, बरु सबैले जित्ने गरेर महानगरलाई जिताउन पुग्ने हौँ । त्यस्तै उनले लोकतन्त्रमा गालीगलौज, भद्दा छेडखानी र अपमान जस्ता कुराहरु हुनु नहुने र आवधिक चुनावले नकारात्मक भावनाहरुलाई छान्न सघाउँने हुनाले यसका लागि पनि मतदान अति नै आवश्यक र महत्वपुर्ण भएको बताएका छन् । मतदान कार्य बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म जारी रहने छ ।

बालेन शाहको भनाई: 

‘अब केहिबेरदेखि मतपेटिकामा मतहरु मात्रै खस्ने छैनन्, त्यहाँ हाम्रा सपनाहरु पनि खस्ने छन्, मतपेटिका खुले पछि साकार गर्न सक्नेको हातमा पर्ने गरेर । हामी लामबद्ध भएर घामपानी सहदै कसैलाई जिताउन र कसैलाई हराउन मतदान केन्द्र पुग्ने हौइनौँ, बरु सबैले जित्ने गरेर महानगरलाई जिताउन पुग्ने हौँ ।
चुनाव हो, हामीले सामर्थ्यले भ्याएसम्म प्रतिष्पर्धा गर्यौँ होला । मनमा हार वा जीत, आफ्नो वा पराइको भावना पनि आयो होला । तर हाम्रा प्रतिष्पर्धा, हार(जीत, आफ्नो-पराइका भावनाहरु पनि मतपेटिकामा नै खस्न पर्छ, ताकि हाम्रा सबै किसिमका प्रतिष्पर्धाहरु हामीबाट रित्तिउन्, दल वा समुहको नरहेर हामी महानगरको मात्रै बन्न सकौँ । हरेक विजेता महानगरको विजेता बनोस् । र, हरेक विजेताले सम्पुर्ण महानगरलाई जिताउने प्रण गरोस् । कसले उसलाई भोट दियो वा दिएन भन्ने कुनै पनि कुराले तिलजत्ति पनि फरक नपरोस् ।
गालीगलौज, भद्दा छेडखानी र अपमान जस्ता कुराहरु लोकतन्त्रमा हुनु हुदैन । आवधिक चुनावले नकारात्मक भावनाहरुलाई छान्न सघाउँछ । यसका लागि पनि मतदान अति नै आवश्यक र महत्वपुर्ण हुन्छ । यसैले जसरी पनि मतदान गर्न मतदान केन्द्रमा आइदिनुहोला । र, आफ्नो मनले खाएको, महानगर तथा वडाहरुलाई प्रगतिशील नेतृत्व दिन सक्छ भन्ने विश्वास भएको उम्मेदवारहरुलाई निर्धक्क मत दिनुहोला ।
हामी सबैलाई शुभकामना ।’