• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   बीसीसीआईले मुख्य प्रशिक्षकको लागि अष्ट्रेलियालीलाई प्रस्ताव गरेको छैन: जय शाह ★   सुरक्षित मातृत्व सेवा सरकारले थप व्यवस्थित बनाउन जरुरी:सभापति डा.राणा ★   पपुवा न्युगिनीमा पहिरोमा परी करिब १०० जनाको मृत्यु भएको आशङ्का ★   राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत खनालद्वारा पदभार ग्रहण ★   क्यान्सरको जोखिम पहिचान गर्न स्वास्थ्य शिविर ★   डोजर लगाएपछि बागलुङका ताल सुक्दै ★   संसदलाई विधिसंगत रुपमा छलफलको केन्द्र बनाऔं: सभामुख घिमिरे ★   व्यावसायिक चियाखेतीसँगै पर्यटन प्रवर्द्धनमा भोजपुरका रञ्जित ★   कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित ★   धावनमार्गमा खाल्डो परेपछि त्रिभुवन विमानस्थल ४५ मिनेटको लागि बन्द

कस्तो छ आजको मौसम



काठमाडौँ । मौसमविद् धर्मराज उप्रेतीले स्थानीय तहको निर्वाचनको मतदान हुने दिन वैशाख ३० अर्थात् आज बादल लागे पनि मौसम सफा रहने जनाउनु भएको छ ।

उहाँका अनुसार आज बिहान ५ .३० को मौसमी अवस्था अनुसार प्रदेश १ को झापा जिल्ला मा बिहान ८बजे पछि १/२ घन्टा पानी पर्ने सम्भावना देखिन्छ । भारतको पश्चिम बङाल क्षेत्रमा पानी परेका कारण त्यसको प्रभाब यता पनि पर्न सक्छ । यसै गरी सूदुरपश्चिम मा बिहान को समय को मौसम सफा हुने देखिन्छ ।

बिहिबार साँझ सूदुरपश्चिम क्षेत्रमा बर्षा भएको थियो । यसैगरी लुम्बिनी र कर्णाली प्रदेशमा बादलले ढाकेको छ तर अहिले नै ३ /४ घन्टा सम्म पानी पर्ने सम्भावना देखिदैन ।

यसै गरी अन्य भागमा बादल लागे पनि बिहान को समय को मौसम सफा हुने भएकोले ढुक्कका साथ मतदान गर्न उहाँले आग्रह गर्नुभयो ।