• ११ जेष्ठ २०७९, बुधबार
  •      Wed May 25 2022
Logo
Latest
★   माओवादीले नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने ★   जनचाहना अनुरुपका कार्यक्रमलाई जोड दिनेछु: उपप्रमुख गुरुङ ★   एक करोड १० लाख बिगो कायम भएका फरार प्रतिवादी पक्राउ ★   ललितपुरका सबै वडामा समान रुपमा विकास गर्नेछु: प्रमुख महर्जन ★   काकाकुल धरानेको प्यास बुझाउन हर्क साम्पाङ मैदानमा ★   उजुरी पर्दैमा सबै दोषी ठहरिँदैन: आयुक्त सिलवाल ★   यौनजन्य हिंसा तथा बलात्कारका घटनाहरूको प्रभावकारी अनुसन्धान गर्न आयोगको आग्रह ★   अन्तरघातले चुनाव हारियो – ओली ★   जलविद्युत् आयोजनाबाट म्याग्दीका बासिन्दालाई दोहोरो लाभ ★   ट्राफिक व्यवस्थापन गर्न सरकारी जग्गाको खोजी

नर्थ लण्डन डर्बीः आर्सनललाई टोटेनहमले हरायो



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत ‘नर्थ लण्डन डर्बी’मा टोटेनहम विजयी बनेको छ । बिहीबार राति भएको खेलमा टोटेनहमले आर्सनललाई ३-० गोलले पराजित गरेको हो । घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ह्यारी केनले दुई तथा सन हेउंग मिनले एक गोल गरे ।

खेलको २२ औं मिनेटमा केनले पेनाल्टीमार्फत गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे । यस्तै, ४७ औं मिनेटमा सनले गोल गर्दै टोटेनहमको जित सुनिश्चित गरे ।

जितसँगै टोटेनहमले शीर्ष चारमा रहने सम्भावना कायमै राखेको छ । ३६ खेलबाट आर्सनल ६६ अंकसहित चौंथो स्थानमा रहँदा ६५ अंकसहित टोटेनहम पाचौँ स्थानमा छ ।