२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाङमय शताब्दी पुरुष जोशी १०३ वर्षमा प्रवेश



अ+ अ-

काठमाडौँ । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी आजदेखि शुक्रबारदेखि १०३ वर्षमा प्रवेश गर्नुभएको छ ।

बाबु शंकरराज जोशी र आमा राजकुमारीका जेष्ठ सुपुत्रका रूपमा वि.सं १९७७ वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मनुभएका नेपालका चर्चित संस्कृतिविद् जोशी १०३ वर्षको उमेरमा पनि निरन्तर सक्रिय हुनुहुन्छ ।

लोक संस्कृति र इतिहासको जीवित पुस्तकालयको उपमा नै दिइएका जोशीले २०१३ सालमा ‘नेपाली लोक संस्कृति’,२०१७ मा ‘नेपाली राष्ट्रिय मुद्रा’ तथा २०२८ मा ‘कर्णाली लोक संस्कृति’ पुस्तकका लागि मदन पुरस्कार पाइसक्नुभएको छ ।

नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, सम्बर्धन र विकासमा लागि परेका हुनाले उहाँको योगदानको कदर स्वरूप जोशीलाई सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौँ विश्व विद्यालयले विद्यावारिधिको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ। नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको छ ।

शताब्दी पुरुष जोशीलाई शुभकामना दिनु पुग्नु भएका नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाई तथा नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले न्यूजपोलार संग भन्नुभयो ‘अहिले उहाँको स्वास्थ्य अबस्थामा सुधार भै रहेको छ ।’ मुत्र प्रणालीमा संक्रमण र मुटुको चालमा समेत गडबडी भएपछि वैसाख १ गते अस्पताल भर्ना हुनु भएको थियो । केही दिनको उपचार पछि उहाँ घर फर्कनु भएको थियो ।

शताब्दी पुरुष जोशीले धर्तीपुत्र र नेपाली जनताको आर्शीबादका कारण आफू बाचिरहने बताउनु भएको प्रसाईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘शताब्दी पुरुष जस्तो उपाधी जनताले दिई सक्नु भयो अरु अपेक्षा छैन ।’