२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन लोकतन्त्रको सबैभन्दा ठुलो उत्सव हो: राष्ट्रपति भण्डारी (भिडियो सहित)



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष नै जनताले निर्वाचित गरेका प्रतिनिधिबाट मुलुकको शासन संञ्चालन हुनु भएको बताउनु भएको छ ।

स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गर्नुहुदै राष्ट्रपति भण्डारीले आवधिक निर्बाचनले जनतामा निहित सार्बभौमसत्तालाई औपचारिक रुपले अभिव्यक्त गर्दे राज्य शक्तिको बास्तविक स्रोत जनतामा रहेको सत्यलाई व्यबहारमा प्रकट गर्ने उल्लेख गर्नुभयो ।

सन्देशमा भनिएको छ – समाज र राष्ट्रका बिकासमा मुद्दाहरुलाई जनताको घरदैलो सम्म पुर्योउने बिशेष अबसरका हामीले निर्वाचनलाई ग्रहण गर्नुपर्दछ । निर्वाचन लोकतन्त्रको सबैभन्दा ठुलो उत्सबका रुपमा रहेको हुनाले स्वतन्त्र निष्पक्ष र भय रहित भएर हरेक नागरिकले आफ्नो मताधिकार प्रयोग गर्ने बतावरण निर्माण गर्नु हामी सबैको दायीत्व हो त्यसैले बैशाख ३० गते सम्पन्न हुने स्थानीय निर्वाचनमा निर्धक्क भै मतदान गर्न म सबै दिदी बहिनी तथा दाजु भाईहरुमा हार्दिक आव्हान गर्दछु ।

भिडियो: राष्ट्रपतिको कार्यालय