१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमै रहने निर्णय लिँदै पूर्वमन्त्री पौडेलले छाडे माधव नेपालको साथ



अ+ अ-

काठमाडौं । पूर्वमन्त्री पुरुषोत्तम पौडेलले माधव नेपालको साथ छाडेर एमालेमै रहने निर्णय गरेका छन् । 

एमाले ब्युँतिएपछि माधव नेपालसँगै समानान्तर कमिटीमा रहँदै आएका पौडेल पार्टी विभाजनको एक महिनापछि एमालमै रहने निर्णयमा पुगेका हुन् ।

तत्कालीन एमालेको खेलकुद महासंघका अध्यक्ष पौडेल सुशील कोइराला नेतृत्वको सरकारमा खेलकुदमन्त्री बनेका थिए ।

अलग पार्टी बनाएर शक्तिलाई विभाजन गर्नुभन्दा पार्टीभित्रै बसेर समस्याहरूको समाधान गर्दै अघि बढ्ने प्रयास गर्नु बढी उपयुक्त देखिने उनले जनाएका छन् ।