२४ भाद्र २०८३, बुधबार
,
Latest
गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यादेश निष्क्रिय बनाएर मन्त्रिपरिषद् विस्तार गर्ने टुंगोमा सत्तारुढ गठबन्धन



अ+ अ-

काठमाडौं । सत्तारुढ गठबन्धन राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय बनाई मन्त्रिपरिषद् विस्तार गर्ने टुंगोमा पुगेका छन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले मन्त्रिपरिषद् विस्तारअघि अध्यादेश निष्क्रिय पार्ने निर्णय भएको हो ।

जसपाले बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काल निष्क्रिय बनाउन माग राखेको थियो । सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी)विरुद्धको मुद्दामा अन्तरिम आदेश नदिएकोले अध्यादेश निष्क्रिय पार्नु उपयुक्त हुने निष्कर्षमा गठबन्धनका नेताहरू पुगेका हुन् ।

बैठकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतको उपस्थिती रहेको थियो ।