१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यादेश निष्क्रिय बनाएर मन्त्रिपरिषद् विस्तार गर्ने टुंगोमा सत्तारुढ गठबन्धन



अ+ अ-

काठमाडौं । सत्तारुढ गठबन्धन राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय बनाई मन्त्रिपरिषद् विस्तार गर्ने टुंगोमा पुगेका छन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले मन्त्रिपरिषद् विस्तारअघि अध्यादेश निष्क्रिय पार्ने निर्णय भएको हो ।

जसपाले बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काल निष्क्रिय बनाउन माग राखेको थियो । सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी)विरुद्धको मुद्दामा अन्तरिम आदेश नदिएकोले अध्यादेश निष्क्रिय पार्नु उपयुक्त हुने निष्कर्षमा गठबन्धनका नेताहरू पुगेका हुन् ।

बैठकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतको उपस्थिती रहेको थियो ।