२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै

अस्पतालमा सरसफाइ र रैथाने खानाको चर्चा

अस्पतालमा सरसफाइ र रैथाने खानाको चर्चा
अ अ+ अ-

काभ्रे । सफा ठाउँ र रैथाने खानाले कसलाई आकर्षित गर्दैन र ? मानव स्वास्थ्यलाई हित गर्ने पनि उ बस्ने सफा ठाउँ र रैथाने या मीठो खाना नै हुन् ।

धुलिखेल अस्पतालमा बुधबार यिनै विषयमा चर्चा भयो । आमन्त्रित अतिथि हुनुहुन्थ्यो सफाइ अभियन्ता खेम शर्मा र मास्टर सेफ सन्तोष साह । यो वर्ष आफ्नो स्थापनाको पच्चीसौँ वर्ष मनाइरहेको धुलिखेल अस्पतालले बुधबार बिहान सफाइ र नेपाली खाना क्षेत्रका जानकार यी दुई युवालाई आमन्त्रण गरेको थियो ।

अस्पतालसँग मिल्दो सरसफाइ र खानाका विषयमा अन्तक्र्रियाका लागि उहाँहरु सो अस्पतालबाट आमन्त्रित हुनुहुन्थ्यो । मानिसको स्वास्थ्यमा सबैभन्दा बढी प्रभावित पार्ने सरसफाइ र खाना नै हो भन्ने निष्कर्ष थियो, सो कार्यक्रमको । अन्तक्र्रियामा शर्मा र साहले यसका रहस्यहरुबारे सहभागीसँग आफ्ना अनुभव बाँढ्नुभएको थियो ।

अस्पतालका प्रमुख डा रामकण्ठ माकजु बैठक कक्षमा प्रवेश गरेपछि अघिल्लो २४ घन्टामा गरिएका र आगामी २४ घन्टामा गर्नुपर्ने कामबारे ‘ब्रिफिङ’ सुरु भयो । अस्पतालका विभागीय प्रमुखहरुले आ–आफ्नो क्षेत्रको रिपोर्टिङ प्रस्तुत गरिरहँदा निकै ध्यान दिएर सुनिरहनुभएको थियो सफाइ अभियन्ता शर्माले । अस्पतालका काममा सरसफाइले के कतिको महत्व पाएको छ र त्यसको रिपोर्टिङ कसरी हुन्छ भन्ने नै उहाँको चासो थियो । पछि उहाँले खुसी व्यक्त गर्दै भन्नुभयो, “सफाइका कुरा आए, अस्पताल प्रमुखले यसमा ध्यान दिएको सुन्दा राम्रो लाग्यो ।”

डा माकजुले आफ्नो नियमित ‘ब्रिफिङ मिटिङ’मा नै उहाँहरुलाई राख्नुभएको थियो । देश यतिखेर निर्वाचनको माहोलमा रहेका बेला यस अस्पतालले आफ्नो विषयसँग सम्बन्धित सरसफाइ र रैथाने खानाका बारेमा आफ्ना कर्मचारीसँग अन्तक्र्रिया गराएको थियो । त्यस क्रममा खेम शर्माले सरसफाइको महत्वबारे आफ्नो प्रस्तुति दिँदै अस्पताललाई कसरी सफा राख्ने भन्ने सीप सिकाउनुभएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सफा गरेर एक मापदण्ड प्रस्तुत गरेका खेम शर्माले वीर अस्पताल, पशुपतिनाथ हँुदै नेपालका विभिन्न स्थानमा सफाइ अभियान सञ्चालन गर्नुभएको थियो । उहाँले अहिले नेपालका सार्वजनिकस्थल, विमानस्थल, अस्पताल, निःशुल्क शौचालय, मन्दिर परिसर तथा पर्यटकीय महत्वका स्थलका बाटिका तथा विश्रामस्थलको सरसफाइको अवस्था र व्यवस्थाको अनुगमन गरिरहेको बताउनुहुन्छ ।

सफाइ मजदुरका रुपमा विदेशबाट सुरु भएको आफ्नो कथा सुनाउँदै नेपालमा व्यावसायिकरुपमा सरसफाइ कसरी गर्न सकिन्छ भन्ने आफ्नो अनुभव र सीप उहाँले त्यहाँ प्रस्तुत गर्नुभयो । उहाँले भौतिक संरचना पुराना बन्न सक्छन् तर तिनलाई जस्ताको त्यस्तै बनाइराख्न सफा गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले अस्पतालका सफाइ मजदुरलाई आफ्नो सीप र अनुभव पनि बाँड्नुभयो तर, उता सेफ सन्तोष साहले भने भौतिक संरचनाको नभएर सबैभन्दा पहिले मानिसले आफ्ना मस्तिष्कको सफाइ आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । आफ्ना सङ्घर्षका कथा सुनाउँदै उहाँले नेपाली खानालाई कसरी अन्तर्राष्ट्रियस्तरमा पु¥याउन सकिन्छ भन्ने आफ्नो धारणा राख्नुभयो ।

साहले मानव स्वास्थ्यमा नेपाली र रैथाने खानाको महत्वको बारेमा चर्चा गर्दै नेपाली रैथाने खानाको पाककला पनि प्रस्तुत गर्नुभयो । उहाँ अहिले नेपाली रैथाने खाना चाख्दै, बनाउन सिक्दै र आफ्नो सीप पनि थप्दै नयाँ–नयाँ परिकार सिर्जना पनि गरिरहनुभएको छ ।

उक्त अन्तक्र्रियामा चलेको सरसफाइको बहसपछि डा माकजुले आफू पनि सरसफाइकर्मी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सफाइकर्मीको कामलाई हेर्ने दृष्टिमा फरक आवश्यक छ, म पनि सफाइकर्मी हुँ र मजस्तै सबै स्वास्थ्यकर्मी सफाईकर्मी हुन् । हामी वर्षौंदेखि मानिसको शरीरभित्रका फोहोरमैला सफा गरिरहेका छौँ, सबैभन्दा ठूला सरसफाइकर्मी त हामी पो हौँ ।”

आतिथ्यता (हस्पिटालिटी) विषयमा नेपालमा अध्यापन गराइरहनुभएका खेम लकाइ, पाक शिक्षासम्बन्धी पुस्तकका लेखक डा सुमन ताम्राकार र वरिष्ठ पत्रकार मनऋषि धितालले नेपालका अस्पताल तथा अन्य सेवा कार्यालयमा यस्ता विषयमा अन्तक्र्रिया र चर्चा गर्नु निकै सान्दर्भिक हुने सुझाव दिनुभयो ।

अन्तक्र्रियापछि शर्माले अस्पतालका सफाइ मजदुर र साहले उक्त अस्पतालको क्यान्टिनका सेफसँग उहाँहरुको सीप वृद्धिका लागि दिनुभएको व्यावहारिक ज्ञान महत्वपूर्ण रहेको प्रतिक्रिया सहभागीले जनाएका थिए । रासस