१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाका कारण पोखरा र भैरहवाबीचको खेल नतिजा विहीन



अ+ अ-

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा पोखरा राइनोज र भैरहवा ग्लाडीयटर्सबीचको खेल नतिजा विहीन हुन पुगेको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा वर्षा बाधक बनेपछि पोखरा र भैरहवाको खेल नतिजाविहीन भई सकिएको हो ।

खेल नतिजा विहीन सकिएसँगै दुबै टोलीले एक एक अंक प्राप्त गरे । पोखराले ब्याटिङ गरिरहदा खेल वर्षाले स्थगित हुन पुग्यो ।

वर्षाले खेल रोकिनु अघि पोखराले १०.१ ओभरमा ७ विकेट गुमाएर ६५ रन बनाएको थियो । पोखराका विवेक यादव १६ रनमा अविजित रहँदा भैरहवाका दुर्गेस गुप्ताले ३ विकेट लिएका थिए ।