• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

लुम्बिनीमा भारतीय सेनाको जहाज अवतरण, मोदी भ्रमणका लागि कडा सुरक्षा



काठमाडौँ । आगामी जेठ २ गते बुद्ध पूर्णिमाका दिन लुम्बिनीमा आयोजना हुने विशेष कार्यक्रममा मुख्य अतिथिका रुपमा उपस्थित हुन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि लम्बिनीमा कडा सुरक्षा अपनाइएको छ । यहाँ विशेष सुरक्षा योजना लागू गरिएको नेपाल सरकारले जनाएको छ । यसका लागि नेपाली सेनाको समन्वयमा सुरक्षा व्यवस्था सुरु भएको बताइएको छ ।

भारतीय सेनाको एक समूह र आवश्यक सुरक्षा सामग्री लिएर बुधबारमात्र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सेनाको एक जहाज अवतरण गरेको छ । भारतीय सेनाको एक समूहले लुम्बिनीमा मोदीको सुरक्षाका लागि आफ्नो तयारी हिजैदेखि थालेको हो ।

यता नेपाल सरकारले पनि नेपाली सेनाको संयोजनमा विशेष सुरक्षा योजना बनाएको बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा सो कार्यक्रममा उपस्थित हुनेछन् । त्यस्तै नेपाल सरकार मन्त्री तथा अन्य उच्च पदस्थ अधिकारीहरु पनि सो कार्यक्रममा उपस्थित हुने कार्यक्रम छ ।

भारतीय सेनाको जहाज भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा आइपुगेको बताइएको छ । बुधबार बिहान १० बजे आइएल ७६ इलोसेन नंको भारतीय वायु सेनाको विमान नयाँ दिल्लीबाट यहाँ आएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीमा रहँदा प्रयोग गर्ने पाँच थान विशेष सवारी साधन पनि सो जहाजमा ल्याइएको छ । त्यसमा सुरक्षा बन्दोबस्तीका सामग्री छन् भने यस सुरक्षामा खट्ने भारतीय सेनाका अधिकारी पनि सोही विमानमा आएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले लुम्बिनीमा भारतीय सरकारले निर्माण गर्ने इन्टरनेशनल बुद्धिष्ट कन्फडेरेशन मोनाष्ट्री (गुम्बा)को शिलान्यास पनि गर्ने जनाइएको छ । बुद्ध पूर्णिमाकै दिन पारेर सो शिलान्यासको कार्यक्रम बनाइएको भारतीय पक्षले जनाएको छ ।