५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता

आईपीएलः राजस्थानलाई हराउँदै दिल्ली प्लेअफको दौडमा

आईपीएलः राजस्थानलाई हराउँदै दिल्ली प्लेअफको दौडमा
अ+ अ-

एजेन्सी । आईपीएल २०२२ को ५८ औं खेलमा दिल्ली क्यापिटल्सले एकतर्फी जित हात पारेको छ ।

दिल्लीको टोलीले राजस्थानलाई ८ विकेटले पराजित गर्दै यो सिजन उसले पहिलो पटक सो टिममाथि जित निकालेको हो । राजस्थानले दिएको १६१ रनको लक्ष्य दिल्लीले १८.१ ओभरमा दुई विकेटको क्षतिमा पुरा गरेको थियो । यो सिजन क्यापिटल्सको छैटौं जित हो र उ अंकतालिकाको पाँचौं स्थानमा छ ।

राजस्थानले दिएको १६१ रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्सको सुरुवात राम्रो हुन सकेन । उसले दोस्रो बलमा केएस भरतको विकेट गुमायो । तर, यसपछि डेभिड वार्नर र मिचेल मार्सले दोस्रो विकेटका लागि १४४ रनको सानदार साझेदारी गरे । यस अवधिमा मिचेल मार्शले आफ्नो पहिलो आईपीएल अर्धशतक पूरा गरे । युजभेन्द्र चहलले १८ औं ओभरमा मार्सलाई कुलदीप सेनको हातमा क्याच आउट गराए ।

मार्सको आउटले दिल्लीलाई खासै असर भएन र बाँकी डेभिड वार्नर र ऋषभ पन्तले जिम्मेवारी पूरा गरे । पन्त चार बलमा १३ रनमा अविजित रहे । उनले चहलको अन्तिम ओभरमा दुई छक्का प्रहार गरे । अर्कोतर्फ वार्नरले ४१ बलमा ५२ रन बनाउँदै अविजित रहेर खेल जिताउने इनिङ्स खेले ।

यसअघि दिल्ली क्यापिटल्सले टस जितेर राजस्थान रोयल्सलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । राजस्थानको सुरुवात राम्रो भएन र तेस्रो ओभरमा विस्फोटक ओपनर जोस बटलर ११ बलमा ७ रन बनाएर आउट भए ।

बटलर आउट भएपछि रविचन्द्रन अश्विन तेस्रो नम्बरमा ब्याटिङ गर्न आए । उनले यशस्वी जैसवालसँग दोस्रो विकेटका लागि ४३ रनको महत्वपूर्ण साझेदारी गरे । यशस्वी १९ बलमा १९ रन बनाएर आउट भए ।

त्यसपछि अश्विनले तेस्रो विकेटका लागि देवदत्त पडिक्कलसँग ५३ रनको अर्धशतकीय साझेदारी गरे । यसै क्रममा अश्विनले आईपीएल करियरको पहिलो अर्धशतक बनाए । उनले ३७ बलमा आफ्नो अर्धशतक पूरा गरे । त्यसपछिको बलमा मिचेल मार्सको बलमा वार्नरले क्याच गरेपछि अश्विन पेभिलियन फर्किए ।

अश्विन आउट भएपछि पडिक्कलले द्रुत रन बनाए र टोलीको स्कोरलाई बलियो स्थितिमा पुर्याए । यद्यपि उनले अर्धशतक बनाउन सकेनन् र ३० बलमा ४८ रन बनाएर आउट भए । राजस्थानको टोलीले अन्तिम ५ ओभरमा तीन विकेट गुमाएर ४४ रन जोड्दै कुल १६० रन बनाएको थियो ।