१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुटसल लिगः राइजिङ र सबिन मेमोरियलले बराबरी खेले



अ+ अ-

पोखरा । राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिगमा द राइजिङ क्लब धरान र सबिन मेमोरियल एफसी पोखराबीचको खेल बराबरीमा सकिएको छ ।

पोखराको बहूदेशीय कभर्डहलमा आइतबार भएको खेलमा दुबै टिमले ५–५ गोलको बराबरी खेलेका हुन् ।

राइजिङका लागि सुदिप गुरुङले ह्याट्रिक गर्दा हेमन्त थापा मगरले दुई गोल गरे ।

सबिन मेमोरियलको लागि अविनाश तामाङ र मनिस क्षेत्रीले २र२ गोल गरे भने सुनिल बिकेले एक गोल गरे ।

खेलमा राइजिङका गोलकिपर सचिन श्रेष्ठ म्यान अफ दि म्याच चुनिए । लिगमा १० टिमबीच प्रतिस्पर्धा जारी छ ।

फुटसल लिगको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउनेछन् ।