२४ भाद्र २०८३, बुधबार
,
Latest
गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले बैठकः विधान महाधिवेशनका लागि तोकिएका प्रतिनिधिको संख्या घटाइने



अ+ अ-

काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशनका लागि तोकिएका प्रतिनिधिको संख्या घटाउने भएको छ । 

ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा एमाले केन्द्रीय कमिटी बैठक जारी छ । एमालेको विधान महाधिवेशनमा यसअघि ३ हजार प्रतिनिधि रहने भनिएको थियो तर अब त्यो संख्या घट्ने भएको हो ।

बैठकमा संगठन विभाग प्रमुख तथा उपमहासचिव विष्णु पौडेलले व्यवस्थापन गर्न जटिल भएको भन्दै संख्या घटाउने प्रस्ताव राखेकामा त्यसमाथि छलफल जारी छ ।

बैठकमा जिल्ला कमिटीका पदाधिकारीसहित बढीमा ७ जना र केन्द्रीय विभागबाट यसअघि १० जना भनिएकोमा अब ५ जना सहभागी हुनेगरी प्रस्ताव अघि सारिएको स्रोतले बतायो ।