१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले बैठकः विधान महाधिवेशनका लागि तोकिएका प्रतिनिधिको संख्या घटाइने



अ+ अ-

काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशनका लागि तोकिएका प्रतिनिधिको संख्या घटाउने भएको छ । 

ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा एमाले केन्द्रीय कमिटी बैठक जारी छ । एमालेको विधान महाधिवेशनमा यसअघि ३ हजार प्रतिनिधि रहने भनिएको थियो तर अब त्यो संख्या घट्ने भएको हो ।

बैठकमा संगठन विभाग प्रमुख तथा उपमहासचिव विष्णु पौडेलले व्यवस्थापन गर्न जटिल भएको भन्दै संख्या घटाउने प्रस्ताव राखेकामा त्यसमाथि छलफल जारी छ ।

बैठकमा जिल्ला कमिटीका पदाधिकारीसहित बढीमा ७ जना र केन्द्रीय विभागबाट यसअघि १० जना भनिएकोमा अब ५ जना सहभागी हुनेगरी प्रस्ताव अघि सारिएको स्रोतले बतायो ।