
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले आफूविरुद्ध वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले विभिन्न सार्वजनिक कार्यक्रमको दौरानमा लगाएका आरोप सार्वजनिक गर्दै प्रमाणित गर्न चुनौति दिएका छन ।
ललितपुर स्थित एक होटलमा बुधबार पत्रकार सम्मेलन गर्दै थापाले धेरै आरोप मध्ये मुख्य १४ मात्रै सार्वजनिक गरेको र त्यो प्रमाण पुष्टि गर्न चुनौति दिएका हुन । थापाले पत्रकार सम्मेलनको मुख्य उदेश्य आरोप प्रमाणित गर्नुस भन्ने रहेको र संघारमा आउँदै गरेको एन्फाको निर्वाचनसँग कुनैपनि सम्बन्ध नरहेको समेत बताए । पत्रकार सम्मेलनमा शेर्पाले विभिन्न अनलाइन तथा टिभीमा थापाविरुद्ध दिएको अन्तरवार्ता भिडियो मार्फत प्रस्तुत गरेका थिए । सोही विषयमा थापाले कपोकल्पित आरोप लगाएको तीन आरोप प्रमाणित गर्न चुनौति दिएका हुन ।
उहाँले भन्नुभयो ‘बर्तमान अध्यक्षले लगाएका आरोप ७ वर्ष देखी सहेर बस्न मेरो लागि कठिन थियो । निराधार आरोप लगाउने व्यक्तिलाई सहजै रुपमा राम्रो ग¥यो भन्दै शुभकामना दिने की आउँदै गरेको अध्यक्षलाई पनि यस्तै आरोप लगाएर चरित्र हत्या गर्नुस भनेर जाने भन्ने दुविधामा म परे । केही समय स्वास्थ अवस्थाले पनि साथ दिएन,’ पूर्व अध्यक्ष थापाले भने, ‘मलाई लगाएका आरोप आरोप मात्र हुन । लगाएका २० औ आरोप रहेका छन् । तीन मध्ये कुनै पनि आरोप पुष्टि गर्न चुनौति दिन्छु । यदि पुष्टि भएमा म फुटबलको विषयमा कुनै पनि चर्चा पनि गर्दिन ।’
पूर्व अध्यक्ष थापाले आरोप प्रमाणित गर्न नसके वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा एन्फा र फिफाको नियमअनुसार कारबाहीको भागेदारी बन्नुपर्ने बताए । लामो समय फुटबलमा विताएको र ब्यवस्थापनमा पनि आपूmले राम्रो काम गरेको भन्दै वर्तमान अध्यक्षबाट निराधार आरोपले पिडा भएको सुनाए । एफसीका तत्कालीन अध्यक्ष तथा फिफाका अध्यक्षका उम्मेदवार मोहम्मद बिन हमामबाट व्यक्तिगत सहयोग लिएको स्वीकार गरे ।
जसको कारण आफुले फिफाको प्रतिबन्ध भोगेको बताए । थापाका छोरा गौरव थापाको खातामा १ लाख डलर जम्मा भएको देखिएपछि फिफाले उनीमाथि अनुसन्धान थालेको थियो । पैसा लिएको पुष्टि भएपछि २०७२ सालको कात्तिकमा फिफाको नैतिक समितिले थापालाई सबै खाले फुटबल गतिविधिबाट १० वर्ष प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धसहित उनीमाथि करिब २१ लाख रुपैयाँ जरिवाना गरेको थियो । फिफाले सन २०११ मा भएको फिफाको निर्वाचन र २००९ मा एएफसी कंग्रेसमा थापाले घूस लिएको आरोप लगाएको थियो ।