२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमालियामा आत्मघाती बम आक्रमणमा परी कम्तीमा ३ जनाको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

मोगादिसु । सोमालियाको राजधानी मोगादिसुको एक प्रमुख चेकपोस्टमा बुधबार भएको आत्मघाती बम आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु हुनाका साथै अन्य कैयौं घाइते भएका छन् ।

मोगादिसुका वार्टा नाबादाका जिल्ला आयुक्त जेनाब मोहमुद वार्सामेले घटनाको पुष्टि गर्दै आफू भने आक्रमणमा बाँच्न सफल भएको बताएकी छिन् । साथै उनले घटनामा मारिएका सैनिकहरू र घाइते भएकाहरूलाई प्रति समवेदना पठाएकी छिन् ।

आइतबार राष्ट्रपतिको निर्वाचन हुने स्थान नजिकै रहेको घटनास्थलबाट वारसामेले सिन्ह्वालाई फोनमा सो जानकारी गराएका हुन् ।
अल-शबाब आतङ्ककारी समूहले राजधानीमा भएको पछिल्लो आक्रमणको जिम्मेवारी लिएको छ।