१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको विधान महाधिवेशनमा ५ हजार प्रतिनिधिले भाग लिने



अ+ अ-

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा देशभरका ५ हजार प्रतिनिधिले भाग लिने भएका छन् । केन्द्रीय कमिटीले असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा आयोजना हुने विधान महाधिवेशनका प्रतिनिधि टुंगो लगाएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रवासका समेत गरी ५ हजार प्रतिनिधिले भाग लिने बताएका हुन् । विधान महाधिवेशनमा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै पदाधिकारी र सदस्यले भाग लिनेछन् ।

केन्द्रीय निकाय भन्नाले निर्वाचन आयोग, अनुशासन आयोग, लेखा आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मन्च रहेका छन् । 

भट्टराईका अनुसार जिल्ला कमिटीका पदाधिकारीसहित निर्वाचन क्षेत्रबाट एक महिला र कम्तीमा एकजना दलितले जिल्लाबाट प्रतिनिधित्व गर्नेछन् । त्यस्तै घोषित जनसंगठनबाट पदाधिकारीसहित वरिष्ठतम १० जना सदस्यले सहभागी हुने उनले जानकारी दिए ।

यीबाहेक प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख तथा स्थानीय तहका प्रमुख र उपप्रमुखले विधान महाधिवेशनमा भाग लिनेछन् । 

यो पनिः एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, तीनवटै प्रतिवेदन पारित