• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी ★   दोषी करार गर्ने ढंगले काँग्रेसले ल्याएको प्रस्ताव मान्य हुँदैन: शिशिर खनाल

प्रतिष्पर्धात्मक खेलमा अंकको आधारमा शुस्मा पराजित



काठमाडौं । टर्किको ईस्तानबुलमा यहि सन् २०२२ को मई ९ तारिख देखि सञ्चालन भईरहेको आईवा उमन वल्र्ड बक्सिङ् च्याम्पियनशिपमा नेपाली खेलाडी ४६ देखि ४८ तौल समुहमा मंगोलियन खेलाडी संग स्पिलट डिसिजनमा पराजित हुन पुगेकि छन् । सुस्माले शानदार रुपमा निकै नै आत्म विश्वासका साथ फाईट खेलिन ।

सुस्मालाई आप्mनो जीतमा अटल विश्वास पनि थियो । उ निकै उत्साहित र उर्जावान थिई र जीतको लागि पुर्णतया तयारी अवस्थामा थिईन् । आप्mनो तर्फबाट पुरा तयारी गरेकि सुस्माले पहिलो राउण्डमा दोस्रोे र तेस्रो राउण्डको तुलनामा कम पन्च प्रहार गरिन र डिसिजन ३ः२ को आधारमा मंगोलियाको पक्षमा भयो ।

दोस्रो राउण्डमा उसले सुधार गरे पनि उसको लेफ्ट गार्ड खुल्ला र तल झरेका कारण फाईदा मंगोलियन खेलाडीले केहि स्कोर सजिलै गर्न सफल रहेको थियो । उसले पनि जवाँफी प्रहारहरु निरन्तर रुपमा गरी रहदा र स्कोर निरन्तर गरिरहदा पनि बलियो गार्ड राखेर खेलेकि मंगोलिन खेलाडीकै पक्षमा कुवेत र क्यूवाको जजले अन्य जजहरुको तुलनामा निर्णय दिएको अवस्था रहेको थियो ।

तेस्रो राउण्डमा सुस्माको दोस्रो राउण्डको भन्दा पनि लिडिङ्ग नै थियो । तर पनि क्यूवाको रेफ्रीले उचित निर्णय दिन नसक्दा खेल हार्नु पर्ने अवस्था आएको थियो । समग्रमा सुस्माले निकै नै राम्रो प्रयास गरेकि थिईन भने अलिकति उनको लिडिङ्ख हात तल झार्नु, पहिलो राउण्डमा अलिकति ढिलो हुनु नै समग्रमा खेलमा पछाडि पर्नुको मुख्य कारण थियो ।

त्यति हुदा हुदै पनि दोस्रो र तेस्रो राउण्ड एकतर्फि रुपमा सुस्माकै पक्षमा हुने पर्ने निर्णय भने जजको उचित मुल्याङ्कन नहुदाु नेपालले हार व्यहोर्नु परेको थियो ।