२४ भाद्र २०८३, बुधबार
,
Latest
गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट कुटनीति अघि बढाउँदै शाहिद अफ्रिदी (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका पाकिस्तानी राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एवम् विश्व क्रिकेटकै चर्चित खेलाडी शाहिद अफ्रिदीले क्रिकेट कुटनीति मार्फत नेपाल र पाकिस्तान बीचको सम्बन्ध झनै मजबुत हुने बताउनुभएको छ ।  

मैत्रिपूर्ण खेलको लागि नेपालमा रहनुभएका अफ्रिदीले न्युजपोलारसँग भन्नुभयो, ‘विश्वका अग्ला हिमालले मात्र होईन  नेपाल क्रिकेटसँग पनि पाकिस्तान जोडिन सक्छ ।’

नेपाली क्रिकेट खेलाडीहरु निकै सक्षम पाएको उल्लेख गर्दै उहाँले भन्नुभयो ‘नेपालको क्रिकेट विकासको लागि म पाकिस्तान खेलाउने वातावरण मिलाउँछु ।’

चार दिने नेपाल भ्रमणमा रहनुभएका अफ्रिदीले नेपाल साँच्चै सुन्दर देश रहेको र आफू परिवारसहित घुम्न आउने योजना पनि रहेको सुृनाउनुभयो । 

उहाँले ठट्यौली पारामा भन्नुभयो, ‘यसपटक म एक्लै आएँ परिवारसहित आउँदा छिट्टै फर्कन पर्देन , काठमाडौंबाहिर घुमेर मजा लिन्छु ।’