२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

जहाँ लेखापालले पढाउँछन् नेपाली

जहाँ लेखापालले पढाउँछन् नेपाली
अ अ+ अ-

रौतहट । रौतहटको बौधीमाई नगरपालिका–८ सरमुजवास्थित शङ्कर माध्यमिक विद्यालयका लेखापाल श्रीभगवान् साहलाई लेखाका अतिरिक्त नियमितरूपमा माध्यमिक तहको नेपाली विषयको कक्षा पनि लिनुपर्ने जिम्मेवारी छ ।

विद्यालयमा लामो समयदेखि पर्याप्त शिक्षक नहुँदा लेखापाल, राहत दरबन्दी र निजी स्रोतका शिक्षकबाट विद्यार्थीको पढाइ सञ्चालन भइरहेको छ । शिक्षक अभाव भए पनि विद्यालयमा विद्यार्थीको चाप भने घटेको छैन । कूल एक हजार ३०० विद्यार्थी रहेको सो विद्यालयमा मावि तहमा दुई जना स्थायी शिक्षकको दरबन्दी छ भने तल्ला तहमा स्थायी दरबन्दीका शिक्षक छैनन् । निमावि तहमा चार र प्राविमा एक राहत दरबन्दी तथा प्रारम्भिक बाल विकास (इसिडी) सहजकर्ता एक जना छन् । विद्यालयका प्रधानाध्यापक सञ्जय जैसवाल स्वयंले नियमित माध्यमिक तहको अङ्ग्रेजी विषयको कक्षा लिनुहुन्छ । प्रशासनिकरूपमा व्यस्ता हुँदा वा जिल्ला सदरमुकाम जानुपर्दा उहाँको कक्षा खाली हुने गर्छ । 

प्रअ जैसवालले अङ्ग्रेजी र नेपाली विषयका गरी दुई शिक्षक तथा निमाविमा एक र प्राविमा चार शिक्षक दरबन्दी व्यवस्थाका लागि स्थानीय तह र माथिल्लो सरकारसँग पटक पटक आग्रह गरिएको बताउनुभयो । विद्यालयमा विश्व शिक्षा संस्थाले ई–पुस्तकालय स्थापना गरेको भए पनि त्यसलाई सञ्चालनका लागि विद्यालयसँग जनशक्ति छैन । विद्यालयमा प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत कक्षा ८ भन्दा माथिका ९० छात्रालाई साइकल वितरण गरेपछि छात्राहरुको नियमित उपस्थिति हुने गरेको छ । दोस्रो लहरको कोभिड–१९ का बीचमा पनि विद्यालयले नियमितरूपमा प्रत्यक्ष कक्षा सञ्चालन गर्दै आएको छ ।

शिक्षक अभावबीच सो विद्यालयले विसं २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी १०७ विद्यार्थीमध्ये शतप्रतिशतलाई माथिल्लो कक्षामा भर्ना हुन योग्य ग्रेडमा उत्तीर्ण गराउन सफल भएको थियो । सरमजुवाकै दलित प्राविमा भने पर्याप्त शिक्षक छन् । कूल २०९ विद्यार्थीलाई पढाउन पाँच शिक्षक छन् । यस विद्यालयमा स्थायी एक, राहत एक र अन्य निजी स्रोतका शिक्षक कार्यरत रहेकाले शिक्षक अभाव नरहेको विद्यालयका प्रधानाध्यापक दिनेशप्रसाद बैठाले बताउनुभयो ।

सो पालिकामा प्रमुखका लागि नेपाली कांग्रेसका प्रत्यासी राजनबाबु जैसवालले विद्यालय शिक्षामा गुणस्तरको चुनौती रहेको र शिक्षक दरबन्दी व्यवस्थापनका लागि स्थानीय तहको नेतृत्वले गम्भीरता नदेखाएको गुनासो गर्नुभयो । सोही पालिका निवासी समाजसेवी सुनीलप्रसाद जैसवाल विद्यालयको भौतिक पूर्वाधार राम्रो भए पनि प्रावि तहमा शिक्षकको लापरबाहीका कारण खस्किएको जनाउनुभयो । बौधीमाई–९ का वडाध्यक्ष मुक्तिनारायण मिश्रले विद्यालयमा शिक्षक दरबन्दी व्यवस्थापनका लागि आफूहरुले पहल गरिरहेको जनाउनुभयो ।

नगरपालिकाका प्रमुख राजीवरञ्जन यादवले विसं २०७२ देखि शिक्षक दरबन्दी मिलान नहुँदा समस्या आएको र पालिकामा ११८ थप शिक्षक दरबन्दीका लागि माग गरिएकाले त्यसका लागि आर्थिक स्रोत जुट्नुपर्ने बताउनुभयो । यस पालिकामा १५ सामुदायिक, चार निजी विद्यालय र तीन वटा विद्यालय रहेका छन् । जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रामविनय सिंहले जिल्लामा सामुदायिक ४०० र निजी विद्यालय ४८ छन् भने कूल करिब एक हजार १०० शिक्षक दरबन्दी अपुग रहेको छ । उहाँका अनुसार कक्षा ११ र १२ का लागि १७६ शिक्षक बराबरको अनुदान रकम निकासा हुन्छ भने माध्यमिक तहमा १९० स्थायी र ४८ जना शिक्षक राहत दरबन्दीमा छन् । निमावि तहमा १७४ स्थायी  ८४ राहत, प्रावि तहमा एक हजार ५१ स्थायी र ५४१ राहत दरबन्दीका शिक्षक कार्यरत छन् ।

सङ्घीय सरकारले तीन वर्ष अघि पूर्वसचिव महाश्रम शर्माको संयोजकत्वमा शिक्षक दरबन्दी व्यवस्थापन कार्यदल गठन गरी सोको सुझाव बमोजिम दरबन्दी मिलानका लागि स्थानीय तहमा पत्राचार गरेको थियो ।