६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोविन्दराज जोशीका छोरा दीपकराज व्यास नगरपालिकाको प्रमुखमा उम्मेदवार, को हुन् उनी ?



अ+ अ-

दमौली। नेपाली कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीका छोरा दीपकराज जोशीले तनहुँको व्यास नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।

कांग्रेसबाट आधिकारिक उम्मेदवार बन्ने अवस्था नबने स्वतन्त्र उम्मेदवार बन्ने जोशीले बताउनुभयो । निजी क्षेत्रको अनलाइन संचार माध्यम अनलाइनखबरसँग प्रतिक्रिया दिँदै जोशिले भन्नुभयो, “व्यास नगरपालिकाको मेयरमा उम्मेदवार बन्छु । कांग्रेसले उम्मेदवार नबनाए स्वतन्त्र उम्मेदवार बन्छु ।’

१९९७ मा अमेरिका अध्ययनका लागि गएका उहाँ १७ वर्ष त्यहाँ बसेर फर्किनु भएको छ । टेलिकम्युनिकेशन इन्जिनियर जोशी काठमाडौंमा एक निजी कलेजमा आवद्ध हुनुहुन्छ । जनताको समस्या र त्यसको समाधान गर्ने भिजन भएकाले नै मेयरमा उम्मेदवार बन्न लागेको दीपकराजको भनाई छ ।

कांग्रेसमा सुधारको खाँचो रहेको पनि उहाँको भनाई छ ।  ‘मलाई पार्टीले नै उम्मेदवार बनाओस् भन्ने चाहना हो,’ जोशीले भन्नुभयो, ‘नचलेको पसल लिएर सुधार्न खोजेको हुँ । कांग्रेसले उम्मेदवार नबनाए पनि म पछि हट्दिनँ ।’

तनहुँमा कांग्रेस नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशीको द्वन्द्व छ । पौडेलका कारण कांग्रेसप्रति वितृष्णा जागेका कार्यकर्तालाई आफूतिर तान्न सकिने उहाँको आँकलन छ ।

निर्वाचनमा विजयी हुनेमा आशावादी देखिएका जोशीले पराजित भए पनि तनहुँमै सेवा गर्ने बताउनुभयो ।

व्यास नगरपालिकामा गत निर्वाचनमा नेता रामचन्द्र पौडेल निकट बैकुण्ठ न्यौपाने विजयी हुनु भएको थियो ।