५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुक निर्वाचनमय भएको छः आयुक्त तुलाधर



अ+ अ-

काठमाडौं । निर्वाचन आयुक्त डा जानकी तुलाधरले मुलुक स्थानीय तह निर्वाचनमय भएको बताउनुभएको छ । नेपाल मतदाता अधिकार मञ्चद्वारा आज आयोजित निर्वाचन प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटनमा उहाँले निर्वाचनको मिति नजिकिएसँगै दायित्व र जिम्मेवारी बढिरहेको धारणा व्यक्त गर्नुभयो । आयुक्त तुलाधरले भन्नुभयो, “निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय तुल्याउन आयोग अघि बढेको छ, प्रशिक्षणले मतदाताको अर्थपूर्ण सहभागिता र बदर मत घटाउन योगदान दिनेछ ।” 

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनलाई विश्वासनीय र शुद्धता कायम गर्न तथा मतदानका समयमा हुने मनोवैज्ञानिक त्रास हटाउन सबै पक्ष मिलेर काम गर्न आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय सामाजिक सञ्जाल सूचना प्रवाह गर्ने सन्दर्भमा बरदान र अभिसाप दुवै भएको छ, हाम्रो जस्तो मुलुकमा अफवाह र हल्लाका आधारमा धेरै काम हुने गर्छ, सत्य र असत्यको परीक्षणपछि मात्र सूचना दिँदा निर्वाचनलाई स्वतन्त्र, स्वच्छ र भयसहित तुल्याउन सकिन्छ ।” 

निर्वाचनका समयमा प्रवाह हुने भ्रमपूर्ण सूचना र दुष्प्रचारलाई रोक्न इन्टरनेटमा जोडिएको ठूलो सङ्ख्याका मतदातालाई समयमै सजग र सेचत गराउन आवश्यक रहेको बताउँदै उहाँले मित्थ्या समाचारले लोकतन्त्रलाई चुनौति, मतदातालाई अन्योल र उम्मेदवारको चरित्र हत्यामा असर गर्ने भएकाले त्यसप्रति सरकार र सबै पक्ष गम्भीर हुन जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।

आयोजक संस्था नेपाल मतदाता अधिकार मञ्चका उपाध्यक्ष निर्मला शर्माले निर्वाचनको बेला सूचना प्रविधिको प्रयोग सदुपयोग र दुरुपयोगको गहन अध्ययन र विश्लेषण गरी सकारात्मक पक्षलाई आत्मसात गर्न आवश्यक रहेको बताउनुभयो ।