१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीको सुरक्षा व्यवस्था मिलाउन भारतीय वायुसेनाको विमान लुम्बिनीमा अवतरण



अ+ अ-

रुपन्देही । आगामी जेठ २ गते बुद्ध जयन्तीको अवसर पारेर लुम्बिनी आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षा व्यवस्था मिलाउन बुधबार भारतका उच्चस्तरीय सुरक्षाकर्मी लिएर भारतीय वायुसेनाको विमान लुम्बिनीमा अवतरण भएको छ ।

भारतीय उच्चस्तरीय सुरक्षाकर्मीको टोली लिएर आएको सो विमान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । सो विमानमा भारतीय सैनिक अधिकारीहरु रहेका छन् ।

जेठ २ गते लुम्बिनीमा आयोजना हुने बुद्धजयन्ती विशेष समारोहमा सहभागी हुन भारतीय प्रधानमन्त्री मोदी सोही दिन लुम्बिनी आउने भएका छन् । भारतीय वायुसेनाको विमानमा आएका सैनिक अधिकारीहरु जेठ ३ गतेसम्म लुम्बिनीमै रहने बताइएको छ ।

सो विमान आजै फिर्ता हुनेसमेत बताइएको छ ।