२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

एमालेमा सात उपाध्यक्ष बनाउने प्रस्ताव

एमालेमा सात उपाध्यक्ष बनाउने प्रस्ताव
अ अ+ अ-

काठमाडौं । नेकपा (एमाले) को केन्दीय कमिटी बैठकले हाल कायम रहेको पदाधिकारी सङ्ख्या हेरफेरको प्रस्ताव अघि बढाएको छ । तीन दिनदेखि जारी बैठक समापनपछि बैठकको निर्णय सुनाउँदै प्रचार विभाग प्रमुख योगश भट्टराईले महासचिव, उपमहासचिव र सचिवको सङ्ख्या हाल रहेको कायम गर्दै सातजना उपाध्यक्षको विषय समूहगत छलफलमा उठेको बताउनुभयो । 

उहाँका अनुसार सो विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सकारात्मक हुनुभएको छ । अध्यक्ष ओलीले उपाध्यक्ष बढाउँदा त्यसले कमिटीमा पार्नसक्ने प्रभाव ध्यान दिनुपर्ने बताउनुभएको थियो । यस विषयमा फेरि छलफल गरेर ठोस धारणा बनाइने उहाँले भन्नुभएको सचिव भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्थायी कमिटीमा थप छलफल हुनेछ ।” 

विधान राष्ट्रिय सम्मेलनको तयारीका लागि बसेको बैठकले महाधिवेशनमा पेश गर्ने तीन प्रतिवेदन पारित गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले बैठकमा पेस गर्नुभएको राजनीतिक प्रतिवेदन पास भएको छ । उहाँले नै विधान राष्ट्रिय महाधिवेशनमा सो प्रतिवेदन पेस गर्नुुहुनेछ । महासचिव ईश्वर पोखरेलले सङ्गठन निर्माणसम्बन्धी प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमा समग्र समयको समीक्षा गरिएको थियो । 

पार्टीका उपमहासचिव विष्णु पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । यही असोज १५ गते ११ बजे गोदावरीस्थित सनराइज हलमा विधान महाधिवेशन हुनेछ । तीन दिन चल्ने महाधिवेशनमा झन्डै पाँच हजार सहभागी हुने अनुमान गरिएको छ । प्रतिनिधिको कूल सङ्ख्या आइनसकेको भए पनि पार्टीले बनाएको मापदण्डका आधारमा पाँच हजार देखिएको छ । 

बैठकमा पास भएका प्रतिवेदनहरूले आजको समाजको विश्लेषण गरेको प्रमुख भट्टराईले बताउनुभयो । हाल पूँजीवादी क्रान्तिपछिको समाजमा पुगेकाले अझै जनतको बहुदलीय जनवादले अघि सरेका कार्यभार बाँकी रहेको प्रतिवेदनमा उल्लेख रहेको उहाँले जानकारी दिनुभयो । जबजको अघि सारेको कार्यभार सम्पन्न गर्दै र क्रान्तिका उपलब्धि सुदृढ गर्न र समाजवादका आधार तयार गर्ने विषय उल्लेख छ । उहाँले भन्नुभयो, “आर्थिक, सांस्कृतिक र सामाजिक आधार तय गर्दै समाजवादमा अघि बढ्ने भन्ने राजनीति प्रतिवेदनको निष्कर्ष छ ।” 

बैठकले पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रुपमा एकताबद्ध र सदृढ बनाउँदै सबै कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्नेमा जोड दिएको भट्टराईले बताउनुभयो । संसदीय निर्वाचनलगायत निर्वाचनमा एमालेलाई सर्वोत्कृष्ट पार्टी र पहिलो पार्टी बनाउने उद्घोष गरिएको छ । संसदीय निर्वाचन, प्रदेश र स्थानीय तहको निर्वाचनमा बहुमत ल्याउने तयारीमा अघि बढ्ने छलफलमा उठेको छ । उहाँले भन्नुभयो, “यो बीचमा सङ्क्रमणकालीन समय भएकाले अब वैचारिक र राजनीतिक प्रशिक्षण चलाइनेछ ।”

विधानमा आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउने, प्रतिस्पर्धाका नाममा हुने समूहबन्दी र गुटबन्दी निरुत्साहित गर्ने उल्लेख छ । योग्यता, क्षमता र कामका आधारमा मूल्याङ्कन गर्ने र त्यसका आधारमा जिम्मेवारी दिने विषय प्रतिवेदनमा उल्लेख छ । सरकारले आर्थिक प्रतिस्थापन विधेयक विपक्षीको विरोधको बाबजुत पास गरिएकामा बैठकले आपत्ति जनाएको छ । विधेयकले स्रोत नखुलेको सम्पत्तिलाई खुल्ला गर्ने नीति लिएको भन्दै फिर्ता लिन बैठकले सरकारसँग माग गरेको छ । 

यस्तै महाधिवेशनमा केन्द्रीय कमिटीका सबै पदाधिकारी, सदस्य, केन्द्रीय निकायका सबै पदाधिकारी र सदस्यरु सहभागी हुनेछन् । यसमा केन्द्रीय आयोगमा अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार मञ्च, ज्येष्ठ कम्युनिष्ट मञ्चका सबैले भाग लिनेछन् । प्रदेश कमिटीका सबै, प्रत्येक विभागबाट सचिवसहित पाँचजनाको प्रतिनिधित्व हुनेछ । 

प्रत्येक घोषित जनवर्गीय सङ्गठनबाट पदाधिकारी र वरिष्ठ सदस्यबाट १० जनाले भाग लिने बताइएको छ । जिल्ला कमिटी पदाधिकारी र प्रत्येक निर्वाचन कमिटीबाट एकजना महिला अनिवार्य हुने गरी दुई र प्रत्येक जिल्लाबाट कम्तीमा एकजना दलित सदस्य भाग लिनेछन् । प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य, प्रदेशसभाका सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख र पार्टीका सदस्य भएका पालिकाका प्रमुख र उपप्रमुख प्रतिनिधि हुनेछन् । पार्टी  एकतामा सामेल भएकालाई सम्मानजनक प्रतिनिधित्व व्यवस्था रहेको र १० प्रतिशत केन्द्रीय कमिटीले मनोनय गर्ने बताइएको छ । पार्टीको प्रवास कमिटीहरूबाट पनि प्रतिनिधि सहभागी हुनेछन् ।