११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने



अ+ अ-

किभ । युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने भएको छ । युक्रेनको सरकारले सो कुरा जनाएको छ । युक्रेनका प्रधानमन्त्री डेनिस समहालले मंगलबार युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने जानकारी दिनुभएको हो ।

उहाँले युक्रेनको मन्त्रिपरिषदले हालैमात्र युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गर्ने विषयको कानुन बनाएको र सो सम्पत्ति जफत गर्ने अनुमति दिएको बताउनुभयो । प्रधानमन्त्री सामहालले मंगलबार भन्नुभएको छ– अब युक्रेनमा रहेका रुसका सबै प्रकारका भौतिक सम्पत्तिहरु युक्रेन राज्यको मातहतमा आएका छन्, मंगलबारको मन्त्रिपरिषदको बैठकले सो कानुन बनाएको छ ।

युक्रेनले रुसको आक्रमणबाट ध्वस्त बनाएका संरचनाहरुको पुननिर्माणका लागि एक कोषको स्थापना गरेको जनाएको छ । रुसको सो सबै सम्पत्ति उक्त कोषमा जम्मा हुनेगरी कानुन बनाएको उहाँले बताउनुभयो । युक्रेनका प्रधानमन्त्रीले युक्रेनले विश्वका अरु देशसँग पनि ती देशमा रहेका सम्पत्तिहरु जफत गर्ने विषयमा पनि अनुरोध गर्ने जनाएको छ ।

ती सम्पत्तिहरु ती देशहरुले जफत गरी युक्रेनको पुननिर्माणसम्बन्धी कोषमा जम्मा गर्ने गरी काम गर्न अनुरोध गरिने जानकारी उहाँले दिनुभएको हो ।