७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजपत्रमा प्रकाशित भयो हप्तामा दुई दिन बिदा दिने सूचना



अ+ अ-

काठमाडौँ । सरकारले राजपत्रमा हप्तामा दुई दिन बिदा दिने सूचना प्रकाशित गरेको छ । गृह मन्त्रालयले आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय राजपत्रमा प्रकाशित गरेको हो ।

यही वैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । परीक्षणका लागि साता दुई दिन बिदा दिने निर्णय गरेको सरकारले कार्यालय समय बढाएको छ ।

जेठ १ गतेदेखि बिहान ९ः३० बजे सुरु हुने कार्यालय समय बेलुका ५ः३० बजे निर्धारण गरिएको छ । त्यस्तै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९ः३० देखि अपराह्न ४ः३० बजेसम्म हुनेछ ।

काठमाडौँ — सरकारले हप्तामा दुई दिन बिदा दिने सूचना राजपत्रमा प्रकाशित गरेको छ । जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गृहमन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो ।

मन्त्रिपरिषद्ले वैशाख १३ गते हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । परीक्षणका लागि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारले कार्यालय समय भने बढाएको छ । कार्यालय समय जेठ १ देखि बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म तय गरिएको छ ।